हमासलाई ट्रम्पको चेतावनी – शनिबारसम्ममा सबै बन्धकको रिहाइ नगरे राम्रो हुँदैन
काठमाडौं । प्यालेस्टिनी सङ्गठन हमासले गाजाबाट इजरायली बन्धकहरूको रिहाइ रोक्ने घोषणा गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा चेतावनी दिएका छन् । हमासले शनिबार दिउँसो १२ बजेसम्ममा सबै बन्धकहरूलाई रिहा गर्नुपर्ने बताउँदै ट्रम्पले नगरेमा आफूले कडा कदम चाल्ने चेतावनी दिएका हुन् । गाजा युद्धविराम सम्झौताको भविष्यका लागि आफ्नो तर्फबाट हमासलाई समयसीमा दिएको ट्रम्पको भनाइ छ । […]

काठमाडौं । प्यालेस्टिनी सङ्गठन हमासले गाजाबाट इजरायली बन्धकहरूको रिहाइ रोक्ने घोषणा गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा चेतावनी दिएका छन् ।
हमासले शनिबार दिउँसो १२ बजेसम्ममा सबै बन्धकहरूलाई रिहा गर्नुपर्ने बताउँदै ट्रम्पले नगरेमा आफूले कडा कदम चाल्ने चेतावनी दिएका हुन् ।
गाजा युद्धविराम सम्झौताको भविष्यका लागि आफ्नो तर्फबाट हमासलाई समयसीमा दिएको ट्रम्पको भनाइ छ ।
‘यदि शनिबार दिउँसो १२ बजेसम्ममा हमासले सबै बन्धकलाई रिहा गरेनन् भने सम्झौता रद्द गर्न म इजरायललाई आग्रह गर्छु,’ उनले ओभल अफिसमा भने ।
यद्यपि ट्रम्पले शनिबार मध्यान्ह १२ बजेका बारेमा कुरा गरिरहेका थिए कि मध्यरात १२ बजे भन्ने अझै स्पष्ट भएको छैन । उनले पटक–पटक नभएर सबै बन्धकलाई एकैचोटी रिहा गरिनु पर्नेमा जोड दिएको बीबीसीको समाचारमा उल्लेख छ ।
यदि यस्तो भएन भने के हुन्छ ? भन्ने पत्रकारको प्रश्नमा राष्ट्रपति ट्रम्पले चेतावनीको भाषामा भने, ‘तपाईंले थाहा पाउनुहुनेछ र तिनीहरूले पनि थाहा पाउनेछन् । हमासले मेरो मतलब के हो भनेर बुझ्नेछ ।’
यसअघि हमासले इजरायली बन्धकहरूको रिहाइ रोक्ने घोषणा गरेको थियो । हमासले इजरायलमाथि युद्धविराम सम्झौता उल्लङ्घन गरेको आरोप लगाएको छ ।
हमासले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘विगत तीन हप्तामा शत्रुले बारम्बार युद्धविराम सम्झौताको उल्लङ्घन गरिरहेको र सम्झौताका शर्तहरू पालना नगरेको हामीले देखेका छौं ।’
उत्तरी गाजामा विस्थापित प्यालेस्टिनीहरूको फिर्तीमा ढिलाइ गरिएको हमासको आरोप छ ।
बन्धक रिहाइ स्थगित गर्ने हमासको घोषणा
What's Your Reaction?






