बागमती प्रदेशसभा : अत्यावश्यक योजना समयमै निर्माण गर्न सांसदहरूको माग

मकवानपुर । बागमती प्रदेशसभाको बिहीबार बसेको बैठकमा प्रदेशसभा सांसदहरूले बाढीपीडित परिवारलाई पुनः बसोबास गर्नुपर्ने र भौतिक पूर्वाधार विकासको संरचनाका लागि प्रदेश सरकारले तत्काल बजेट विनियोजित भएअनुसार कार्यान्वयनमा ल्याउन आग्रह गरे । प्रदेशसभा बैठकको विशेष समयमा सदस्यहरुले आ–आफ्नो निर्वाचन क्षेत्रमा तत्काल गर्नुपर्ने काम/कारबाही र बजेट अपुगका बारेमा धारणा राखेका थिए । बैठकमा सत्तापक्ष र प्रतिपक्ष दलका […]

Feb 7, 2025 - 00:09
 0
बागमती प्रदेशसभा : अत्यावश्यक योजना समयमै निर्माण गर्न सांसदहरूको माग

मकवानपुर । बागमती प्रदेशसभाको बिहीबार बसेको बैठकमा प्रदेशसभा सांसदहरूले बाढीपीडित परिवारलाई पुनः बसोबास गर्नुपर्ने र भौतिक पूर्वाधार विकासको संरचनाका लागि प्रदेश सरकारले तत्काल बजेट विनियोजित भएअनुसार कार्यान्वयनमा ल्याउन आग्रह गरे ।

प्रदेशसभा बैठकको विशेष समयमा सदस्यहरुले आ–आफ्नो निर्वाचन क्षेत्रमा तत्काल गर्नुपर्ने काम/कारबाही र बजेट अपुगका बारेमा धारणा राखेका थिए । बैठकमा सत्तापक्ष र प्रतिपक्ष दलका सदस्यहरुले आ–आफ्नो निर्वाचन क्षेत्रका लागि आत्यावश्यक योजनाहरूमा क्रमशः खानेपानी, सडक निर्माण, बाढीपहिरोबाट पीडितलाई पुनः बसोबास गर्न र विपद् आइपर्नुभन्दा अगाडि प्रदेश सरकार पूर्ण तयारीका साथ रहनुपर्ने माग गरे । उनीहरूले जनताको चाहना असीमित रहेको छ, तर प्रदेश सरकारको बजेट अत्यन्तै कम भएको हुँदा ती क्षेत्रको योजनालाई पुनः समीक्षा गरेर क्रमशः बजेट वृद्धि गर्दै लैजान सरकारलाई दृढताका साथ अघि बढ्नुपर्ने माग गरे ।

यसैगरी, प्रत्येक निर्वाचन क्षेत्रमा खानेपानीको साथै स्वास्थ्य उपचारलाई उच्च प्राथमिकता दिनुपर्ने र शिक्षालाई गुणात्मकस्तर वृद्धि गर्न प्र्रत्येक वडामा मावि, निमावि र प्राविमा शिक्षक दरबन्दी उपलब्ध गराउनेतर्फ उनीहरूको जोड थियो । विभिन्न जिल्लामा वन्यजन्तुबाट धनजनको क्षति र पीडित परिवारलाई राहात उपलब्ध गराउनुपर्ने, बाढी नियन्त्रण गर्न तटबन्ध निर्माणलगायतका योजना बनाउन प्रदेशसभा सदस्यहरुले माग गरेका छन् ।

बैठकमा प्रदेशसभा सदस्यहरू क्रमशः ओमकुमारी श्रेष्ठ, अमृता नेपाल, आशा लामा, जगन्नाथ थपलिया, ईश्वर सापकोटा, राजेन्द्र प्रजापति, उद्धव थापा, उर्मिला कुमारी, उर्मिला सुनुवार, कुमारी तामाङ, कृष्णप्रसाद शर्मा खनाल, केशवप्रसाद पोखरेल, प्रभात तामाङ, राजु विष्ट, रत्नप्रसाद ढकाल, गोविन्द लम्साल, गिरबहादुर तामाङ, मायादेवी शर्मा, जयराम थापा, भारतीकुमारी पाठक, ठाकुरप्रसाद ढकाल, ठूला थामी, डम्बरबहादुर तामाङ, डा दिनेशचन्द्र देवकोटा, बालकुमारी विश्वकर्मा, भरतबहादुर केसी, मीना पराजुली पोखरेल, रामकुमार पहाडी, रामप्रसाद ढुङ्गाना र रामेश्वर श्रेष्ठले बोलेका थिए । –रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register