बिर्तामोडको होटलमा हल्दिबारीका युवा मृत भेटिए

झापा, २५ माघ । झापाको बिर्तामोड नगरपालिका–४ को एक लजमा बसेका हल्दिबारीका एक युवा मृत फेला परेका छन् । गएराति ११ बजे बिर्तामोड–४ स्थित एभरेस्ट होटल एण्ड लजमा हल्दिबारी–१ गोलधापका ३० वर्षीय सागर बेस्रा मृत फेला परेका हुन् । कनकाई नगरपालिका–७ दुर्गापुरकी २३ की मुना बिकसँग खाना खाएर उनी होटल सुतेका थिए । बेस्रा सुतेको [...] The post बिर्तामोडको होटलमा हल्दिबारीका युवा मृत भेटिए appeared first on Jhapa Online.

Feb 7, 2025 - 03:55
 0
बिर्तामोडको होटलमा हल्दिबारीका युवा मृत भेटिए

झापा, २५ माघ । झापाको बिर्तामोड नगरपालिका–४ को एक लजमा बसेका हल्दिबारीका एक युवा मृत फेला परेका छन् ।

गएराति ११ बजे बिर्तामोड–४ स्थित एभरेस्ट होटल एण्ड लजमा हल्दिबारी–१ गोलधापका ३० वर्षीय सागर बेस्रा मृत फेला परेका हुन् । कनकाई नगरपालिका–७ दुर्गापुरकी २३ की मुना बिकसँग खाना खाएर उनी होटल सुतेका थिए ।

बेस्रा सुतेको कोठाभित्र बाथरुमको ढोकाको छेउ भुइँमा लडेर बेहोस भएको अवस्थामा उनकी साथी मुना बिक र होटल सञ्चालकले उपचारको लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगेकोको थियो । हस्पिटलका चिकित्सकले चेकजाँच गर्दा उनको मृत्यु भइसकेको घोषणा गरेको थियो ।

प्रहरीले होटल सञ्चालक बिर्तामोड–५ की ४८ वर्षीया यामकुमारी उप्रेती र मृतकसँग बस्ने मुना बिकलाई नियण्त्रणमा लिएको छ ।

The post बिर्तामोडको होटलमा हल्दिबारीका युवा मृत भेटिए appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register