कनकाईको प्रमुख प्रशासकीय अधिकृतको रुपमा नारायण न्यौपानेले सम्हाले जिम्मेवारी

कनकाई, २४ माघ । झापाको कनकाई नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा नारायण न्यौपाने आउनुभएको छ । मोरङको लेटाङ नगरपालिकाबाट सरुवा भएर उहाँ झापाको कनकाई नगरपालिकामा आउनुभएको हो । कनकाईको प्रमुख प्रशासकीय अधिकृतको रुपमा उहाँले जिम्मेवारी समेत सम्हालिसक्नुभएको छ । प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले लेटाङ नगरपालिकामा २२ महिना कार्यभार सम्हालेपछि कनकाई नगरमा आउनुभएको हो । [...] The post कनकाईको प्रमुख प्रशासकीय अधिकृतको रुपमा नारायण न्यौपानेले सम्हाले जिम्मेवारी appeared first on Jhapa Online.

Feb 7, 2025 - 03:46
 0
कनकाईको प्रमुख प्रशासकीय अधिकृतको रुपमा नारायण न्यौपानेले सम्हाले जिम्मेवारी

कनकाई, २४ माघ । झापाको कनकाई नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा नारायण न्यौपाने आउनुभएको छ । मोरङको लेटाङ नगरपालिकाबाट सरुवा भएर उहाँ झापाको कनकाई नगरपालिकामा आउनुभएको हो ।

कनकाईको प्रमुख प्रशासकीय अधिकृतको रुपमा उहाँले जिम्मेवारी समेत सम्हालिसक्नुभएको छ । प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले लेटाङ नगरपालिकामा २२ महिना कार्यभार सम्हालेपछि कनकाई नगरमा आउनुभएको हो ।

प्रशासनिक कार्य सम्पादनमा अब्बल न्यौपानेले लेटाङमा रहँदा नगरको प्रशासनिक, विकास र संरचनात्मक सुधारका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनुभएको थियो । उहाँको नेतृत्वमा भएका महत्वपूर्ण कामहरूले लेटाङ नगरपालिकालाई नयाँ उचाइमा पु¥याएको ठहर गर्दै नगरले सम्मान समेत गरेको थियो ।

मोरङको सुन्दरहरैंचा नगरपालिका निवासी न्यौपानेसँग धनकुटाको प्राखिबास गाउँपालिका, मोरङको कानेपोखरी गाउँपालिका, जिल्ला विकास समिति ललितपुर, सिन्धुलीसहित विभिन्न स्थानीय तहमा काम गरेको लामो अनुभव रहेको छ ।

आफ्नो अनुभवलाई सदुपयोग गर्दै नगरबासीको हित र विकासमा सदैब हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता न्यौपानले गर्नुभएको छ । पाँचथर जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिसक्नुभएका न्यौपानले २०५४ साल फागुन १ गते नायब सुब्बा पदबाट गौश्वारा हुलाक कार्यालय काठमाडौंमा सरकारी सेवामा प्रवेश गनुभएको थियो ।

The post कनकाईको प्रमुख प्रशासकीय अधिकृतको रुपमा नारायण न्यौपानेले सम्हाले जिम्मेवारी appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register