मृत अवस्थामा भेटिए आमा–छोरी

झापा, २५ माघ । कैलालीको गोदावरी नगरपालिका–११ मा आमा–छोरी मृत अवस्थामा भेटिएका छन्। बिहीबार साँझ गोठान क्षेत्रमा २४ वर्षीया मिरा कामी र उनकी दुई वर्षीया छोरी प्रिन्सी मृत अवस्थामा फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कविन्द्रसिंह बोहराका अनुसार, साढे ७ बजेतिर मिरा घरमा झुन्डिएको अवस्थामा र प्रिन्सी पासो काटिएको अवस्थामा [...] The post मृत अवस्थामा भेटिए आमा–छोरी appeared first on Jhapa Online.

Feb 7, 2025 - 06:16
 0
मृत अवस्थामा भेटिए आमा–छोरी

झापा, २५ माघ । कैलालीको गोदावरी नगरपालिका–११ मा आमा–छोरी मृत अवस्थामा भेटिएका छन्। बिहीबार साँझ गोठान क्षेत्रमा २४ वर्षीया मिरा कामी र उनकी दुई वर्षीया छोरी प्रिन्सी मृत अवस्थामा फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कविन्द्रसिंह बोहराका अनुसार, साढे ७ बजेतिर मिरा घरमा झुन्डिएको अवस्थामा र प्रिन्सी पासो काटिएको अवस्थामा भुइँमा मृत अवस्थामा भेटिएका हुन् ।

मृतक मिराका देवर नरेश विकले झुन्डिएको अवस्था देखेपछि प्रहरीलाई खबर गरेका थिए। मृतकका श्रीमान रोजगारीको सिलसिलामा भारतमा रहेका छन्, र घटनाका समयमा उनकी सासू आमा पनि घरमा उपस्थित नभएको प्रहरीले जनाएको छ। मृतक दुवै जनाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ। घटना सम्बन्धी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

The post मृत अवस्थामा भेटिए आमा–छोरी appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register