नेपालमा राजा फर्कने कुनै सम्भावना छैन : अध्यक्ष नेपाल

कुमोद अधिकारीविराटनगर, १९ चैत । नेकपा (एकिकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा राजा फर्कने कुनै सम्भावना नरहेको बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले अग्रगमन र संवृद्धि नचाहने केही प्रतिगामी तत्त्वहरूले मुलुकलाई एकाधिकार तथा वंशवादतर्फ लैजाने प्रयास गरिरहेको बताउनुभयो । उहाँले मुलुकमा गणतन्त्र स्थापना भएसँगै सार्वभौम [...] The post नेपालमा राजा फर्कने कुनै सम्भावना छैन : अध्यक्ष नेपाल appeared first on Jhapa Online.

Apr 1, 2025 - 12:05
 0
नेपालमा राजा फर्कने कुनै सम्भावना छैन : अध्यक्ष नेपाल

कुमोद अधिकारी
विराटनगर, १९ चैत ।
नेकपा (एकिकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा राजा फर्कने कुनै सम्भावना नरहेको बताउनु भएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले अग्रगमन र संवृद्धि नचाहने केही प्रतिगामी तत्त्वहरूले मुलुकलाई एकाधिकार तथा वंशवादतर्फ लैजाने प्रयास गरिरहेको बताउनुभयो ।

उहाँले मुलुकमा गणतन्त्र स्थापना भएसँगै सार्वभौम नेपाली जनता अधिकार सम्पन्न भइसकेको अवस्थामा नेपाली जनताले कुनै पनि वंशवाद र एकाधिकारवाद स्वीकार्य गर्न नसक्ने प्रष्ट पार्नुभयो । उहाँले संसारमै दास युग र सामन्ती युगको अन्त भइसकेको अवस्थामा नेपालमा राजा फर्कने सम्भावना नभएको प्रष्ट पार्नुभयो ।

अध्यक्ष नेपालले आन्दोलनका नाममा विध्वंस मच्चाउने आपराधिक तत्त्वलाई सरकारले कडाभन्दा कडा कारबाही गर्नुपर्ने बताउनुभयो । आन्दोलनको नाममा सार्वजनिक सम्पत्ति तोडफोड गर्ने र मान्छेको हत्या गर्ने जो कोहीलाई पनि सरकारले कडाभन्दा कडा कारबाही गर्नुपर्ने उहाँको भनाई थियो ।

अहिलेको अवस्थामा गणतन्त्र रक्षाका लागि परिवर्तनकारी शक्तिहरू समेत एक भएर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

मुलुकमा परिवर्तन, विकास, संवृद्धि र अग्रगमन नचाहने केही प्रतिगामी तत्त्व सक्रिय भइरहेको अवस्थामा गणतन्त्रको रक्षाका लागि राजनीतिक शक्तिहरू एक हुनुपर्नेमा समेत उहाँले जोड दिनुभयो ।

The post नेपालमा राजा फर्कने कुनै सम्भावना छैन : अध्यक्ष नेपाल appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register