धनगढीका १९ वर्षीय जयन्त बिस्टले बनाएको अनलाइन प्लेटफर्म, जहाँ दैनिक पढ्छन् हजारौँ विद्यार्थी
काठमाडौं । धनगढीको ग्यालेक्सी सेकेन्डरी स्कुलमा विज्ञान विषय पढ्दै गर्दा १६ वर्षीय जयन्त बिस्टको मनमा एउटा तृष्णा पलायो, कम्प्युटर इन्जिनियरिङ पढ्ने । कतै कुनै प्रसङ्गमा उनले कम्प्युटर इन्जिनियरिङ नयाँ युगका लागि अपरिहार्य भएको कुरा सुनेका थिए । त्यसैको प्रभावले होला उनको कलिलो मस्तिष्क कम्प्युटरबारे सिक्न, बुझ्न र नयाँ प्रविधि खोतल्न उत्सुक थियो । कम्प्युटर इन्जिनियरिङ पढ्न पहिला इन्ट्रान्समा नाम निकाल्नुपर्छ भन्ने बुझेका थिए, उनले । त्यसैले कक्षा ११ देखि नै इन्टरनेटमा इन्जिनियरिङका कोर्सहरू खोजेर पढ्ने योजनामा लागे । इन्टरनेटमा क...

What's Your Reaction?






