ब्रिटिश सेनामा भर्ती भएका नेपालीलाई बेलायती अधिराजकुमारले खुवाए शपथ

काठमाडौं । नेपाल भ्रमणमा रहेका बेलायतका अधिराजकुमार एडवार्डले ब्रिटिश सेनामा नयाँ भर्ती भएका २७४ जना नेपालीलाई शपथ खुवाएका छन् । पोखराको ब्रिटिश क्याम्पमा शुक्रबार उनले शपथ खुवाएका हुन् । साथै, अधिराजकुमार दम्पतीले दीर्घ सेवा गरेका बेलायती पूर्व सैनिकलाई पनि तक्मा प्रदान गरेका छन् । अधिराजकुमार दम्पतीले बिहीबार नै वेल्फेयर ट्रस्टमा आश्रित पूर्व गोर्खा सैनिकका परिवारलाई […]

Feb 7, 2025 - 09:21
 0
ब्रिटिश सेनामा भर्ती भएका नेपालीलाई बेलायती अधिराजकुमारले खुवाए शपथ

काठमाडौं । नेपाल भ्रमणमा रहेका बेलायतका अधिराजकुमार एडवार्डले ब्रिटिश सेनामा नयाँ भर्ती भएका २७४ जना नेपालीलाई शपथ खुवाएका छन् ।

पोखराको ब्रिटिश क्याम्पमा शुक्रबार उनले शपथ खुवाएका हुन् । साथै, अधिराजकुमार दम्पतीले दीर्घ सेवा गरेका बेलायती पूर्व सैनिकलाई पनि तक्मा प्रदान गरेका छन् ।

अधिराजकुमार दम्पतीले बिहीबार नै वेल्फेयर ट्रस्टमा आश्रित पूर्व गोर्खा सैनिकका परिवारलाई भेटेका थिए भने आज बेलायती सेनामा भर्ती भएका जवान परिवारलाई भेटेका छन् ।

उनी आज लुम्ले गाउँ भ्रमण, घान्द्रुक लगायतका ठाउँमा हाइकिङ गर्ने र चन्द्रकोट भन्ने गाउँमा बास बस्ने कार्यतालिका छ ।

निजी भ्रमणको सिलसिलामा एडवार्ड दम्पती गत मङ्गलबार काठमाडौं आएका थिए । उनीहरू यही माघ २७ गते स्वदेश फर्किने छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register