६०४ किलो गाँजा बोकेको ट्रक र चालक प्रहरीको नियन्त्रणमा

काठमाडौँ।   महोत्तरीबाट प्रहरीले ट्रकसहित ६०४ चार किलो गाँजा बरामद गरेको छ। बिहीबार राति साढे १० बजे प्रहरीले भंगाहा नगरपालिका-६ मजरास्थित बर्दिबास-जलेश्वर सडकबाट ट्रकमा लोड गरिएको गाँजा बरामद गरेको हो। प्रहरी निरीक्षक नन्दकिशोर चौहानका अनुसार बर्दिवासबाट जलेश्वर जाँदै गरेको प्रदेश २-०४-००१ख ००२१ नम्बरको ट्रकलाई शंका लागेर चेकजाँच गर्दा गाँजा फेला परेको हो। ट्रकका चालक उदयपुर कटारी […]

Feb 7, 2025 - 09:26
 0
 ६०४ किलो गाँजा बोकेको ट्रक र चालक प्रहरीको नियन्त्रणमा

काठमाडौँ। 

 महोत्तरीबाट प्रहरीले ट्रकसहित ६०४ चार किलो गाँजा बरामद गरेको छ। बिहीबार राति साढे १० बजे प्रहरीले भंगाहा नगरपालिका-६ मजरास्थित बर्दिबास-जलेश्वर सडकबाट ट्रकमा लोड गरिएको गाँजा बरामद गरेको हो।

प्रहरी निरीक्षक नन्दकिशोर चौहानका अनुसार बर्दिवासबाट जलेश्वर जाँदै गरेको प्रदेश २-०४-००१ख ००२१ नम्बरको ट्रकलाई शंका लागेर चेकजाँच गर्दा गाँजा फेला परेको हो।

ट्रकका चालक उदयपुर कटारी नगरपालिका-१ का २३ वर्षीय गणेशबहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ। बरामद गाँजा र चालकबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक चौहानले बताए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register