यूएसएडको विषयलाई लिएर कर्मचारी सङ्गठनद्वारा ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर

काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको अमेरिकी सहयोग नियोग (यूएसएड)लाई दिने रकम कटौतीको निर्णयविरुद्ध दुई ठूला कर्मचारी सङ्गठनहरू अदालत पुगेका छन् । कर्मचारी सङ्गठनहरू अमेरिकन फेडरेशन अफ गभर्नमेन्ट एम्प्लाइज र अमेरिकन फरेन सर्भिस एसोसिएसनले वाशिंगटन, डी.सी. को संघीय अदालतमा दायर गरेको मुद्दामा ट्रम्प प्रशासनको निर्णयलाई “विश्वव्यापी मानवीय संकट सिर्जना गर्ने असंवैधानिक र गैरकानूनी कार्य” भनेका […]

Feb 7, 2025 - 10:30
 0
यूएसएडको विषयलाई लिएर कर्मचारी सङ्गठनद्वारा ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर

काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको अमेरिकी सहयोग नियोग (यूएसएड)लाई दिने रकम कटौतीको निर्णयविरुद्ध दुई ठूला कर्मचारी सङ्गठनहरू अदालत पुगेका छन् ।

कर्मचारी सङ्गठनहरू अमेरिकन फेडरेशन अफ गभर्नमेन्ट एम्प्लाइज र अमेरिकन फरेन सर्भिस एसोसिएसनले वाशिंगटन, डी.सी. को संघीय अदालतमा दायर गरेको मुद्दामा ट्रम्प प्रशासनको निर्णयलाई “विश्वव्यापी मानवीय संकट सिर्जना गर्ने असंवैधानिक र गैरकानूनी कार्य” भनेका छन् ।

मुद्दामा ट्रम्प र राज्य कोष विभागहरूलाई प्रतिवादी बनाइएका छन् । “यूएसएडको विघटनले विनाशकारी मानवीय परिणामहरू निम्त्याउने छ,” बिहीबार दर्ता गरिएको मुद्दामा भनिएको छ । जसमा मलेरिया र एचआईभीसँग लड्ने प्रयासहरू बन्द गर्ने विषय पनि उठाइएका छन् ।

ट्रम्पको विदेशी सहायता रोक्ने र यूएसएड बन्दले भोकमरी मेटाउने विश्वव्यापी प्रयासहरूलाई पनि अपाङ्ग बनाएको उनीहरूको तर्क छ ।

सन् १९९८ मा कांग्रेसले पारित गरेको कानूनमा स्वतन्त्र एजेन्सीको रूपमा स्थापित युएसएडलाई विघटन गर्नु ट्रम्पको अधिकारभन्दा बाहिरको विषय भएको उनीहरूको दाबी छ । साथै, राष्ट्रको कानूनलाई इमानदारीपूर्वक कार्यान्वयन गर्ने कर्तव्यको उल्लङ्घन हुने उनीहरूको भनाइ छ ।

यसले युएसएडको कोष पुनर्स्थापित गर्न, यसको कार्यालयहरू पुन: खोल्न र यसलाई विघटन गर्न थप आदेशहरू रोक्न अदालतबाट अल्पकाली र अन्तरिम आदेशको माग गरिएको छ ।

ट्रम्प प्रशासनले १०,००० भन्दा बढी मध्ये ३०० भन्दा कम कर्मचारीहरूलाई मात्रै राख्ने योजना बनाएको कर्मचारी सङ्गठनको दावी छ ।

ट्रम्पले राष्ट्रपति पदको सपथ ग्रहण गरेसँगै अमेरिकी विदेश विभागले विश्वभरका यूएसएड परियोजनाहरू रोक्ने, एजेन्सी कम्प्युटर प्रणालीहरू अफलाइन हुने र कर्मचारीहरूलाई अचानक बर्खास्त गर्ने र बिदामा राख्ने आदेशहरू जारी गरेको थियो ।

ह्वाइटहाउस र विभागहरूले भने अहिलेसम्म दायर भएको मुद्दामाथि कुनै टिप्पणी गरेका छैनन् ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register