बिर्तामोडमा धमाधम एपीभी खोप लगाइँदै

बिर्तामोड, २५ माघ । किशोरीहरुको लागि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप अभियान बिर्तामोडमाधमाधम सञ्चालन भइरहेको छ । विद्यालय र विद्यालय बाहिरका किशोरीहरुका लागि माघ २२ गतेदेखि सुरु भएको यस अभियानमा खोपकर्मी र स्वयमसेवक गरि १०४ जना जनशक्ति खटिएको नगरको स्वास्थ्य शाखाले जनाएको छ । माघ २७ गतेसम्म सञ्चालन हुने यस अभियानमा आजसम्मको तथ्याङ्क अनुसार ७५ [...] The post बिर्तामोडमा धमाधम एपीभी खोप लगाइँदै appeared first on Jhapa Online.

Feb 7, 2025 - 14:07
 0
बिर्तामोडमा धमाधम एपीभी खोप लगाइँदै

बिर्तामोड, २५ माघ । किशोरीहरुको लागि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप अभियान बिर्तामोडमा
धमाधम सञ्चालन भइरहेको छ ।

विद्यालय र विद्यालय बाहिरका किशोरीहरुका लागि माघ २२ गतेदेखि सुरु भएको यस अभियानमा खोपकर्मी र स्वयमसेवक गरि १०४ जना जनशक्ति खटिएको नगरको स्वास्थ्य शाखाले जनाएको छ ।

माघ २७ गतेसम्म सञ्चालन हुने यस अभियानमा आजसम्मको तथ्याङ्क अनुसार ७५ प्रतिशत खोप लगाइसकिएको बिर्तामोड नगर अस्पतालका जनस्वास्थ्य निरिक्षक तथा कार्यक्रमका फोकल पर्सन गणेश रिजालले जानकारी दिनुभयो ।

बिर्तामोडमा बिद्यालयका ६ हजार ४३३ र बाहिरका १ हजार १३९ गरी कुल ७ हजार ५७२ जनालाई खोप लगाईने नगरका स्वास्थ्य शाखाका प्रमुख राजिब बिष्टले जानकारी दिनुभयो । यसका लागि विद्यालयमा ५७ र स्वास्थ्य संस्थामा ११ वटा गरि ६८ वटा खोप केन्द्र स्थापना गरेको जनाईएको छ ।

सरकारको कार्यक्रम अनुसार विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्म र बाहिर रहेका १० बर्षदेखि १४ वर्षसम्मका किशोरीलाई ुएचपिभी’ खोप लगाउने कार्य सञ्चालन भईरहेको हो ।

स्वास्थ्य केन्द्रमा कुनै कारणले खोप लगाउन छुटेकाहरुलाई माघ २७ गते १० वटै वडामा रहेका स्वास्थ्य संस्थामा लगाईने स्वास्थ्य शाखा प्रमुख बिस्टले जानकारी दिनु भयो ।

बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईले लक्षित समुहले खोप अनिबार्य लगाउन आग्रह गर्नु भयो । उहाँले अभियान सफल बनाउन जनप्रतिनिधि, कर्मचारी सबै लाग्नु पर्ने बताउनु भयो ।

The post बिर्तामोडमा धमाधम एपीभी खोप लगाइँदै appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register