दिल्ली विधानसभा चुनावको मतगणना सुरू हुँदै

काठमाडौं । भारतको दिल्ली विधानसभा चुनावको मतगणना आज शनिबार हुँदैछ । तीन दिनअघि भएको मतदानको गणना आज गर्न लागिएको हो । अधिकांश एक्जिट पोलले चुनावमा भारतीय जनता पार्टीले जित्ने दाबी गरेका छन् । उनीहरूकाअनुसार अहिले सत्ता चलाइरहेको आम आदमी पार्टी दोस्रो स्थानमा झर्नेछ । मतगणनाका लागि तयारी सुरु भइसकेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । […]

Feb 8, 2025 - 01:51
 0
दिल्ली विधानसभा चुनावको मतगणना सुरू हुँदै

काठमाडौं । भारतको दिल्ली विधानसभा चुनावको मतगणना आज शनिबार हुँदैछ ।

तीन दिनअघि भएको मतदानको गणना आज गर्न लागिएको हो । अधिकांश एक्जिट पोलले चुनावमा भारतीय जनता पार्टीले जित्ने दाबी गरेका छन् ।

उनीहरूकाअनुसार अहिले सत्ता चलाइरहेको आम आदमी पार्टी दोस्रो स्थानमा झर्नेछ ।

मतगणनाका लागि तयारी सुरु भइसकेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । १ करोड ५५ लाख मतदाता रहेको दिल्लीमा यसपटक ६०.४ प्रतिशत मतदान भएको छ ।

दिल्लीका ७० विधानसभा सिटका लागि मतदान भएको छ । मतगणना अगाडि भाजपा र आम आदमी पार्टी दुवैका नेताले बहुमत ल्याउने दाबी गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register