युट्युबमा १० करोड भ्युज पाउने पहिलो लोक दोहोरी गीत बन्यो ‘अरेली काँडैले’
काठमाडौं । नेपाली लोक दोहोरी सङ्गीतको इतिहासमा पहिलो पटक कुनै गीतले युट्युबमा १० करोड भ्युजको आँकडा पार गरेको छ । शान्तिश्री परियारको एकल आवाज रहेको ‘अरेली काँडैले मलाई च्वास्सै’ बोलको गीतले यो कीर्तिमान बनाएको हो । यसअघि ‘सालको पात टपरी’ र ‘अरेली काँडैले’मध्ये कुन गीतले पहिला १० करोड भ्युज पाउने भन्ने प्रतिस्पर्धा थियो । कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वरमा रहेको ‘सालको पात टपरी’ २०१८ मा वसन्त थापाको युट्युब च्यानलबाट सार्वजनिक भएको थियो ...

What's Your Reaction?






