अपाङ्गता भएका व्यक्तिलाई घरमै नागरिकता

दिपायल (डोटी) । अपाङ्गता भएका यहाँका व्यक्तिलाई उनीहरुका घरमै पुगेर नागरिकता वितरण गरिएको छ । बोगटान फुड्सिल गाउँपालिका–५ उपल्ला गाउँका सुरेश बोहरा र वडा नम्बर ७ ओजेलीका निर्मल धामीलाई प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले घरमै पुगेर नागरिकताको प्रमाणपत्र उपलब्ध गराउनुभएको हो । शारीरिक रूपमा पूर्ण अशक्त उहाँहरु नागरिकता लिन प्रशासन कार्यालयसम्म आउन नसक्ने भएकाले घरमै […]

Feb 8, 2025 - 11:17
 0
अपाङ्गता भएका व्यक्तिलाई घरमै नागरिकता

दिपायल (डोटी) ।

अपाङ्गता भएका यहाँका व्यक्तिलाई उनीहरुका घरमै पुगेर नागरिकता वितरण गरिएको छ ।

बोगटान फुड्सिल गाउँपालिका–५ उपल्ला गाउँका सुरेश बोहरा र वडा नम्बर ७ ओजेलीका निर्मल धामीलाई प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले घरमै पुगेर नागरिकताको प्रमाणपत्र उपलब्ध गराउनुभएको हो ।

शारीरिक रूपमा पूर्ण अशक्त उहाँहरु नागरिकता लिन प्रशासन कार्यालयसम्म आउन नसक्ने भएकाले घरमै पुगेर नेपाली नागरिकता प्रदान गरेको प्रजिअ जोशीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले एक मानसिक तथा शारीरिक र एक शारीरिक रूपमा अशक्तलाई नागरिकता उपलब्ध गराएका छौँ । उहाँहरूले पहिले नाबालक परिचय पत्रबाट सामाजिक सुरक्षा भत्ता लिइरहनुभएको रहेछ ।” जिल्लाका अन्य स्थानीय तहहरूमा पनि कोही त्यस्ता व्यक्तिहरू भएमा घरमै गएर नागरिकता उपलब्ध गराउन सकिने प्रजिअ जोशीले बताउनुभयो । बोगटान फुड्सिल गाउँपालिका– ५ उपल्लागाउँका सुरेश बोहराले घरमै नागरिकता पाउँदा खुसी व्यक्त गर्नुभयो ।

गाउँपालिकाको सहजीकरणमा वडाबाट कागजात बनाएर प्रशासन कार्यालयमा आवश्यक प्रक्रिया पूरा गरी घरमै नागरिकता उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले बताउनुभयो । नागरिकता बनाउने उमेर पुगेका तर नागरिकता नभएकै कारण सामाजिक सुरक्षा भत्ता रोकिने अवस्था आएपछि प्रशासनसँग सहजीकरण गरिएको उहाँले बताउनुभयो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register