पाटनबाट बालक अपहरण गरी बन्धक बनाउने भियतनाम नागरिक पक्राउ

काठमाडौं । बालक अपहरण गरी बन्धक बनाउने एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने भियतनाम चाईवाङ सिटी घर भएका भियतनामी नागरिक माई होआंग किन्ह लान रहेका छन् । ललितपुर पाटनबाट ४ वर्षीय बालक बिहीबार रातिदेखि हराएको भनी पीडितको आमाले उजुरी दिएपश्चात काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले […]

Feb 9, 2025 - 11:56
 0
पाटनबाट बालक अपहरण गरी बन्धक बनाउने भियतनाम नागरिक पक्राउ

काठमाडौं ।

बालक अपहरण गरी बन्धक बनाउने एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने भियतनाम चाईवाङ सिटी घर भएका भियतनामी नागरिक माई होआंग किन्ह लान रहेका छन् ।

ललितपुर पाटनबाट ४ वर्षीय बालक बिहीबार रातिदेखि हराएको भनी पीडितको आमाले उजुरी दिएपश्चात काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले खोजतलास गर्ने क्रममा काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित इलाम मेची गेष्ट हाउसको कोठा नम्बर १०७ मा बालकलाई अपहरण गरी बन्धक बनाई राखेको अवस्थामा फेला पारी अपहरण कार्यमा संलग्न रहेका माई होआंग किन्ह लानलाई पक्राउ गरेको हो ।  

साथै प्रहरीले उनको साथबाट भियतनामी मुद्रा २० हजार, मोबाइल ३ थान, ल्यापटप १ थान, नक्कली भारतीय आधारकार्ड २ थान, बसको टिकट १ थान र चक्कु १ थान समेत बरामद गरेको छ । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register