नेपाल निजामती कर्मचारी युनियन जाजरकोटको अध्यक्षमा खत्री निर्वाचित
जाजरकोट। नेपाल निजामती कर्मचारी युनियन जाजरकोटका अध्यक्षमा भोला खत्री सर्वसम्मत निर्वाचित भएका छन् । नेपाल निजामती कर्मचारी युनियनको नवौँ जिल्ला अधिवेशनबाट खत्री सर्वसम्मत चयन भएका हुन् । शनिवार जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न नवौँ जिल्ला अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत चयन भएको छ । सातवटा स्थानीय तहमा अघिवेशन सम्पन्न गरी जिल्ला […]


जाजरकोट।
नेपाल निजामती कर्मचारी युनियन जाजरकोटका अध्यक्षमा भोला खत्री सर्वसम्मत निर्वाचित भएका छन् । नेपाल निजामती कर्मचारी युनियनको नवौँ जिल्ला अधिवेशनबाट खत्री सर्वसम्मत चयन भएका हुन् ।
शनिवार जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न नवौँ जिल्ला अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत चयन भएको छ । सातवटा स्थानीय तहमा अघिवेशन सम्पन्न गरी जिल्ला अघिबेशन गरेको नेपाल निजामती कर्मचारी युनियन अघिवेशन गरेको छ ।
कार्य समितिको उपाध्यक्षमा मानबहादुर बस्नेत, निमराज बुढा, मिरा शाही, सचिवमा कृतिबहादुर विक, सहसचिव लक्ष्मी नारायण घिताल, कोषाध्यक्षमा भिमजंङ्ग केसी सदस्यहरुमा हरिबहादुर शाही, प्रदिप रावत, निराजन शर्मा, रुद्रबहादुर शाही, हरिबहादुर वली, उर्मिला शाह, टिका थापा, प्रकाशबहादुर शाही, वीरबहादुर केसी, मानबहादुर थापा, मानबहादुर बुढा, हरिबहादुर रोकाय, सर्वसम्मत निर्वाचित भएको निवर्तमान अध्यक्ष कृष्णबहादुर खत्रीले बताए ।
केन्द्रीय प्रतिनिधि कृष्णबहादुर खत्री, नरदल बुढा, कर्णबहादुर रोकाय, गणेशबहादुर थापा, सरस्वती बस्नेत थापा, त्यसैगरी प्रदेश प्रतिनिधिमा खिमबहादुर चन्द, जगदीश न्यौपाने, राजकुमार सिह, नरेन्द्र बठायत, गंङ्गाकुमारी रेग्मी चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष भोला खत्रीले कर्मचारीहरुको हकहितमा काम गर्ने बताए । सरकारले दिएको जिम्मेवारीलाई कुसलता पुर्वक काम गर्न आग्रह गरे ।
कर्णाली प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले सरकारले दिएको जिम्मेवारीलाई पूर्ण रुपमा पालन गर्न सुझाव दिए ।
What's Your Reaction?






