नेसपा (नयाँ शक्ति) महाधिवेशन : बाबुरामको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित, निर्वाचन प्रक्रिया सुरू

काठमाडौँ । नेपाल समाजवादी पार्टी नेसपा (नयाँ शक्ति)को काठमाडौँमा जारी प्रथम महाधिवेशनको बन्दसत्रबाट संयोजक डा.बाबुराम भट्टराईले पेस गरेको राजनीतिक दस्तावेज र सङ्गठनात्मक प्रतिवेदन पारित गरेको छ । ‘नयाँ युगको नयाँ कार्यभार : वैकल्पिक राजनीतिको औचित्य र आधार’ शीर्षकमा भट्टराईले पेस गरेको प्रतिवेदन पार्टीमा समृद्धिको अभियान चलाउन सुझावसहित सर्वसम्मत पारित गरेको हो । भट्टराईको राजनीतिक प्रतिवेदनसँगै […]

Feb 10, 2025 - 12:06
 0
नेसपा (नयाँ शक्ति) महाधिवेशन : बाबुरामको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित, निर्वाचन प्रक्रिया सुरू

काठमाडौँ । नेपाल समाजवादी पार्टी नेसपा (नयाँ शक्ति)को काठमाडौँमा जारी प्रथम महाधिवेशनको बन्दसत्रबाट संयोजक डा.बाबुराम भट्टराईले पेस गरेको राजनीतिक दस्तावेज र सङ्गठनात्मक प्रतिवेदन पारित गरेको छ ।

‘नयाँ युगको नयाँ कार्यभार : वैकल्पिक राजनीतिको औचित्य र आधार’ शीर्षकमा भट्टराईले पेस गरेको प्रतिवेदन पार्टीमा समृद्धिको अभियान चलाउन सुझावसहित सर्वसम्मत पारित गरेको हो ।

भट्टराईको राजनीतिक प्रतिवेदनसँगै समसामयिक राजनीतिक प्रस्ताव र विधान संशोधन प्रस्ताव पनि पारित भएपछि महाधिवेशनको निर्वाचन प्रक्रिया सुरू भएको छ ।

सोमबार भट्टराईले पेस गरेको प्रस्तावमाथि १२ वटा समूहमा छलफल भएको थियो । समूहगत छलफलबाट आएका सुझावलाई समेटेर प्रतिवेदन पारित गरेको र निर्वाचन प्रक्रिया सुरू भएको प्रवक्ता कृष्ण शर्माले जानकारी दिए ।

नयाँ नेतृत्व चयन गरी मङ्गलवार महाधिवेशन सम्पन्न हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register