गौशालामा एक युवकमाथि कुटपिट गरी लुटपाट गरेको आरोपमा ४ जना पक्राउ

काठमाडौँ। काठमाडौँको गौशालामा एक युवकमाथि कुटपिट गरी लुटपाट भएको छ । लुटपाट गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्साको वीरगञ्ज महानगरपालिका–३२ घर भएका १८ वर्षीय परबेश अन्सारी, सोही ठाउँका १८ वर्षीय नजमुदिन अन्सारी, गोरखा नगरपालिका–१३ का १८ वर्षीय जनेद हुसेन र चितवनको पिप्ले घर भएकी १९ वर्षीया रश्मी क्षेत्री छन् […]

Feb 10, 2025 - 12:38
 0
गौशालामा एक युवकमाथि कुटपिट गरी लुटपाट गरेको आरोपमा ४ जना पक्राउ

काठमाडौँ।

काठमाडौँको गौशालामा एक युवकमाथि कुटपिट गरी लुटपाट भएको छ । लुटपाट गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पर्साको वीरगञ्ज महानगरपालिका–३२ घर भएका १८ वर्षीय परबेश अन्सारी, सोही ठाउँका १८ वर्षीय नजमुदिन अन्सारी, गोरखा नगरपालिका–१३ का १८ वर्षीय जनेद हुसेन र चितवनको पिप्ले घर भएकी १९ वर्षीया रश्मी क्षेत्री छन् ।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनीहरुले २४ माघको राति साढे १० बजेतिर इटहरी घर भएका एक युवकलाई युवतीको प्रयोग गरी गेस्टहाउस जाने हो भन्दै एकान्त स्थानमा लगेर केटाहरु बोलाई युवकलाई लुटपाट गरेको प्रहरीले जनाएको छ । उनीहरुले ती युवकको मोबाइल, पर्स, घडी लुटेर लगेको प्रहरीको भनाइ छ।

पक्राउ परेकाहरलाई कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register