अझै सुरु हुन सकेन संसद् बैठक, के भनेका थिए रामहरिले ?

काठमाडौं । प्रतिनिधि सभा बैठक अझै सुरु हुन सकेको छैन । १५ मिनेटका लागि स्थगित भएको बैठक एक घण्टाभन्दा बढी समय बितिसक्दा पनि सुरु हुन नसकेको हो । नेपाली काङ्ग्रेसका सांसद रामहरि खतिवडालाई बोल्न दिएकोप्रति आपत्ति जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा माओवादी केन्द्रले आपत्ति जनाउँदै बैठक अवरोध गरेपछि बैठक स्थगित गरिएको थियो । आकस्मिक र […]

Feb 11, 2025 - 10:18
 0
अझै सुरु हुन सकेन संसद् बैठक, के भनेका थिए रामहरिले ?

काठमाडौं । प्रतिनिधि सभा बैठक अझै सुरु हुन सकेको छैन । १५ मिनेटका लागि स्थगित भएको बैठक एक घण्टाभन्दा बढी समय बितिसक्दा पनि सुरु हुन नसकेको हो ।

नेपाली काङ्ग्रेसका सांसद रामहरि खतिवडालाई बोल्न दिएकोप्रति आपत्ति जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा माओवादी केन्द्रले आपत्ति जनाउँदै बैठक अवरोध गरेपछि बैठक स्थगित गरिएको थियो ।

आकस्मिक र शून्य समय सकिएपछि खतिवडालाई बोल्न दिएको भन्दै उनीहरुले आपत्ति जनाएका थिए ।

उपसभामुख इन्दिरा राना मगरले आकस्मिक समय दिन बिर्सिएकाले खतिवडालाई बोल्न दिइएको स्पष्टीकरण दिइन् । तर, माओवादी र रास्वपा सांसदहरूले अवरोध गरिरहे । त्यसपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरे ।

के भनेका थिए खतिवडाले ?

खतिवडाले बैठकमा बोल्दै नाम नलिई रास्वपा सभापति रवि लामिछाने गृहमन्त्री हुँदाको कुरा उठाएका थिए । उनले रविले प्रहरी प्रमुखलाई समितिको बैठकमा बोलाएर सहकारी प्रकरणमा निर्दोष भन्न लगाएको आरोप लगाएका थिए ।

उनले भनेका थिए, “संसद् सुरु हुँदै गर्दा धेरै कुरा सुन्नमा आयो । नेपाल प्रहरीलाई दुरुपयोग गरियो भन्ने समाचार सुन्नमा आयो । तर हामीले को गृहमन्त्री हुँदा देखेका थियौँ । एक नम्बरकोलाई नबनाएर १५ नम्बरको प्रमोसन गरेको देख्यौँ । आईजीपीलाई समितिमा बोलाएर निर्दोष छ भनिदे न भनेर कानेखुसी गरेको पनि देख्यौँ । कसले सदुपयोग र कसले दुरुपयोग गर्यो त्यहाँ हेर्ने बेला भएको छ ।”

उनले थप भने, “प्रहरीमा ५२ दिन नपुगी सरुवा स्थगन गरियो त्यो कसको पालामा हो जवाफ चाहियो । बहस गर्ने वकिललाई झ्यामझ्याम गालामा हानेर सडकमा ल्याउने काम गरियो । अदालतमा मुद्दा चलिरहँदा बाहिर जुलुस निकालेर जिन्दाबाद मुर्दावाद प्रचलन सुरु भयो । यो कसले गरेको थियो रु सदनमा सत्तामा हुँदा एउटा कुरा गर्ने प्रतिपक्षमा हुँदा अर्को कुरा गर्ने पद्धतिको अन्त्य गर्नुपर्छ भन्ने हाम्रो धारणा छ ।”

खतिवडाले आफ्नो भाषणामा कतै पनि लामिछानेको नाम लिएनन् । रास्वपाले खतिवडाको भनाइ रेकर्डबाट हटाउन माग गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register