उत्तर कोरियाले रुसलाई २०० लामो दूरीको तोपखाना दियो : सियोल 

एजेन्सी । मस्को र प्योङयाङबीच सैन्य सम्बन्ध गहिरिँदै जाँदा उत्तर कोरियाले रुसलाई दुई सय वटा लामो दूरीको तोपखाना दिएको दक्षिण कोरियाली रक्षा मन्त्रालयका एक अधिकारीले मङ्गलबार बताएका छन् । उत्तर कोरियाले मस्कोलाई ‘करिब ११ हजार सैनिक, क्षेप्यास्त्र, दुई सय थान लामो दूरीको तोपखाना र ठूलो मात्रामा गोलाबारुद’ दिएको ती अधिकारीले बताए । “उत्तर कोरियाले आगामी […]

Feb 11, 2025 - 13:03
 0
उत्तर कोरियाले रुसलाई २०० लामो दूरीको तोपखाना दियो : सियोल 

एजेन्सी । मस्को र प्योङयाङबीच सैन्य सम्बन्ध गहिरिँदै जाँदा उत्तर कोरियाले रुसलाई दुई सय वटा लामो दूरीको तोपखाना दिएको दक्षिण कोरियाली रक्षा मन्त्रालयका एक अधिकारीले मङ्गलबार बताएका छन् ।

उत्तर कोरियाले मस्कोलाई ‘करिब ११ हजार सैनिक, क्षेप्यास्त्र, दुई सय थान लामो दूरीको तोपखाना र ठूलो मात्रामा गोलाबारुद’ दिएको ती अधिकारीले बताए ।

“उत्तर कोरियाले आगामी दिनमा अतिरिक्त सेना, हतियार र गोलाबारुद आपूर्ति गर्न सक्छ”, नाम न छाप्ने सर्तमा अधिकारीले भने ।

सियोल, किभ र वासिङ्टनले उत्तर कोरियाले गत वर्ष युक्रेनविरुद्धको युद्धमा क्रेमलिनलाई सहयोग गर्न रुसमा १० हजारभन्दा बढी सैनिक पठाएको बताएका छन् ।

युक्रेनले पहिले नै कुस्र्कमा केही उत्तर कोरियाली सैनिकलाई पक्राउ गरेको वा मारिएको बताएको थियो ।

राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले कुस्र्क मोर्चामा युक्रेनी सेनाले पक्राउ गरेका भनिएका उत्तर कोरियाली कैदीहरूको सोधपुछको फुटेज पनि सार्वजनिक गरेका छन् ।

मस्को र प्योङयाङ दुवैले यो तैनाथीको पुष्टि गरेका छैनन् ।

तथापि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत वर्ष आणविक–सशस्त्र उत्तर कोरियाको दुर्लभ भ्रमण गर्दा दुई देशले पारस्परिक रक्षा खण्डसहितको सम्झौतामा हस्ताक्षर गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register