यती एअरलाइन्समा जन्ती जाँदा बेहुला-बेहुलीलाई निःशुल्क टिकट

काठमाडौं । यती एअरलाइन्सले विवाह महिनालाई विशेष बनाउँदै ‘यतीमा जन्ती’ योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत जन्तीले यती एअरलाइन्समार्फत यात्रा गर्दा बेहुलाबेहुलीले हवाई टिकट निःशुल्क प्राप्त गर्नेछन् । यस योजनाले हवाई यात्रामार्फत जन्ती जाने परम्परालाई प्रवर्द्धन गर्दै यात्रुलाई थप सुविधा दिने उद्देश्य राखेको एयरलाइन्सले जनाएको छ । साथै, जन्तीका प्रत्येक सदस्यले ५ केजी थप […]

Feb 12, 2025 - 06:52
 0
यती एअरलाइन्समा जन्ती जाँदा बेहुला-बेहुलीलाई निःशुल्क टिकट

काठमाडौं । यती एअरलाइन्सले विवाह महिनालाई विशेष बनाउँदै ‘यतीमा जन्ती’ योजना सार्वजनिक गरेको छ ।

यस योजनाअन्तर्गत जन्तीले यती एअरलाइन्समार्फत यात्रा गर्दा बेहुलाबेहुलीले हवाई टिकट निःशुल्क प्राप्त गर्नेछन् ।

यस योजनाले हवाई यात्रामार्फत जन्ती जाने परम्परालाई प्रवर्द्धन गर्दै यात्रुलाई थप सुविधा दिने उद्देश्य राखेको एयरलाइन्सले जनाएको छ । साथै, जन्तीका प्रत्येक सदस्यले ५ केजी थप ब्यागेज सुविधासमेत पाउनेछन् ।

योजना फागुन महिनाभर लागू हुनेछ । थप जानकारीका लागि एअरलाइन्सको ग्राहक सेवा नम्बर ०१–५९७००७४ मा सम्पर्क गर्न सकिनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register