दरबार हत्याकाण्डको छानबिन गरौं – प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दरबार हत्याकाण्डको छानबिन गर्न आवश्यक रहेको बताएका छन् । समाजवादी मोर्चाको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले यस्तो माग गरेका हुन् । उनले भने, “मैले हिजो जे बोलेको छु, त्यो कुरा धेरै पहिलादेखि बोलिरहेको हो । दरबार हत्याकाण्डपछि हामी भूमिगत हुँदा पनि यही कुरा बोलेको थिएँ । पहिलो […]

Mar 15, 2025 - 11:32
 0
दरबार हत्याकाण्डको छानबिन गरौं – प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दरबार हत्याकाण्डको छानबिन गर्न आवश्यक रहेको बताएका छन् ।

समाजवादी मोर्चाको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले यस्तो माग गरेका हुन् ।

उनले भने, “मैले हिजो जे बोलेको छु, त्यो कुरा धेरै पहिलादेखि बोलिरहेको हो । दरबार हत्याकाण्डपछि हामी भूमिगत हुँदा पनि यही कुरा बोलेको थिएँ । पहिलो पटक प्रधानमन्त्री हुँदा पनि बोलेको थिएँ । मैले छानबिन आयोग बनाउन जरुरी छ भनेर त्यति बेलै भनेको थिएँ । अहिले फेरि पुनरुत्थानको कोसिस भइरहेको बेलामा तिनै कुरालाई आवश्यक ठानेर बोलेको हुँ ।”

आफूले जनतालाई लागेको छ भन्ने भाषाले बोलेको प्रचण्डको भनाइ छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register