सामाजिक सञ्जाल प्रयोगकर्ताको पहिचान खोज्ने काम राज्यको होइन : महामन्त्री शर्मा

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल प्रयोगकर्ताको पहिचान खोज्ने काम राज्यको नभएको बताएका छन् । सामाजिक सञ्जाल विधेयकका विषयमा बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा शर्माले सरकारले सामाजिक सञ्जालको सही प्रयोग भएको छ छैन भन्नेमा ध्यान दिनुपर्ने भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताको पहिचान खोज्ने काम राज्यको नभएको बताएका हुन् । विधेयकमा रहेको केही दफामा […]

Feb 12, 2025 - 09:19
 0
सामाजिक सञ्जाल प्रयोगकर्ताको पहिचान खोज्ने काम राज्यको होइन : महामन्त्री शर्मा

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल प्रयोगकर्ताको पहिचान खोज्ने काम राज्यको नभएको बताएका छन् ।

सामाजिक सञ्जाल विधेयकका विषयमा बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा शर्माले सरकारले सामाजिक सञ्जालको सही प्रयोग भएको छ छैन भन्नेमा ध्यान दिनुपर्ने भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताको पहिचान खोज्ने काम राज्यको नभएको बताएका हुन् ।

विधेयकमा रहेको केही दफामा आफूहरुको आपत्ति रहेकाले यसलाई जस्ताको जस्तै अघि बढाउन नहुने उनको भनाइ छ ।

शर्माले सामाजिक सञ्जाल विधेयक, २०८१ मा प्रस्तावित व्यवस्था परिमार्जन गरेर मात्रै पारित गरिने स्पष्ट पारे ।

उनले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यसको प्रयोग गरिरहँदा मर्यादाको सन्दर्भमा बहसमार्फत परिमार्जन गर्न जरुरी रहेको धारणा राखे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register