बेलायती कम्पनीको व्यापार मिशनमा दश देशका महिला उद्यमी सहभागी

काठमाडौं । अफ्रिका र एशियाका महिला उद्यमीहरूले बेलायती कम्पनीहरूसँग आपूर्ति शृङ्खलामा विविधता ल्याउन र व्यापार अवसरहरू अन्वेषण गर्न म्यानचेस्टरमा एक महत्वपूर्ण मा भाग लिएका छन् । १० देखि १२ फरवरी २०२५ सम्म आयोजित यस व्यापार मिशनमा नेपाल, घाना, केन्या, मोजाम्बिक, नाइजेरिया, रवांडा, जिम्बाब्वे, बङ्गलादेश, मंगोलिया, र पाकिस्तानका ५० महिला उद्यमीहरूले भाग लिएका थिए । यस […]

Feb 12, 2025 - 11:59
 0
बेलायती कम्पनीको व्यापार मिशनमा दश देशका महिला उद्यमी सहभागी

काठमाडौं । अफ्रिका र एशियाका महिला उद्यमीहरूले बेलायती कम्पनीहरूसँग आपूर्ति शृङ्खलामा विविधता ल्याउन र व्यापार अवसरहरू अन्वेषण गर्न म्यानचेस्टरमा एक महत्वपूर्ण मा भाग लिएका छन् ।

१० देखि १२ फरवरी २०२५ सम्म आयोजित यस व्यापार मिशनमा नेपाल, घाना, केन्या, मोजाम्बिक, नाइजेरिया, रवांडा, जिम्बाब्वे, बङ्गलादेश, मंगोलिया, र पाकिस्तानका ५० महिला उद्यमीहरूले भाग लिएका थिए ।

यस व्यापार मिशनको मुख्य उद्देश्य बेलायती कम्पनीहरूलाई आपूर्ति शृङ्खलामा विविधता ल्याउनका लागि विश्वसनीय आपूर्तिकर्ता प्रदान गर्नु र उत्पादन लागत घटाउनु हो, जसले “मेड इन यूके” रणनीतिलाई सघाउने छ र बेलायतको निर्माण क्षेत्रमा वृद्धि ल्याउने छ ।

सहभागी महिला उद्यमीहरूले ताजगी र प्रशोधन गरिएको कृषि उत्पादन, हस्तकला, कपडा, सौन्दर्य उत्पाद, सूचना प्रविधि, र व्यापार प्रक्रिया आउटसोर्सिङ जस्ता क्षेत्रका बेलायती कम्पनीहरूसँग छलफल गरे ।

यस मिशनमा १० देशका महिला उद्यमीहरूका प्रतिनिधिहरूले बेलायती कम्पनीहरूसँग भेटघाट गरे र सेेक्टर-विशेष सङ्घ, मापदण्ड निकाय र चेम्बर अफ कमर्शसँग जानकारी सत्रहरूमा भाग लिएका थिए, जसले उनीहरूलाई बजार प्रवृत्तिहरू, व्यापार वातावरण र बेलायतको बजार प्रवेश आवश्यकता बारे थप जानकारी प्राप्त गर्न मद्दत पुर्‍याएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register