शङ्खरापुर बस दुर्घटनाका मृतकको सनाखत (नामावली)
काठमाडौं । काठमाडौंको शङ्खरापुर नगरपालिका-५ मा भएको स्कुल बस दुर्घटनामा मृत्यु भएका तीन विद्यार्थीको सनाखत भएको छ । मृत्यु हुनेमा मोरङको उर्लाबारी नगरपालिका–७ स्थायी घर भई काठमाडौंको कपन बस्ने ११ वर्षीय क्रिशल पुरी, सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ घर भई चाबहिल बस्ने २४ वर्षीय सुरेश तामाङ र सिन्धुपाल्चोक घर भइ हाल काठमाडौंको भिमसेनगोला बस्ने १४ वर्षीया शुशांका […]

काठमाडौं । काठमाडौंको शङ्खरापुर नगरपालिका-५ मा भएको स्कुल बस दुर्घटनामा मृत्यु भएका तीन विद्यार्थीको सनाखत भएको छ ।
मृत्यु हुनेमा मोरङको उर्लाबारी नगरपालिका–७ स्थायी घर भई काठमाडौंको कपन बस्ने ११ वर्षीय क्रिशल पुरी, सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ घर भई चाबहिल बस्ने २४ वर्षीय सुरेश तामाङ र सिन्धुपाल्चोक घर भइ हाल काठमाडौंको भिमसेनगोला बस्ने १४ वर्षीया शुशांका डोटेल रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार क्रिशललाई त्रिवि शिक्षण अस्पताल–महाराजगञ्ज, सुरेशलाई नेपाल मेडिकल कलेज र शुशांकालाई शंखरापुर अस्पतालमा मृत घोषणा गरिएको थियो ।
उक्त दुर्घटनाका ४० जना घाइतेहरूको विभिन्न अस्पतालमा उपचार जारी रहेको प्रहरीले जनाएको छ ।
What's Your Reaction?






