न्युजिल्यान्डका उपप्रधानमन्त्री आज नेपाल आउँदै

काठमाडौं । न्युजिल्यान्डका उपप्रधान एवं परराष्ट्रमन्त्री विन्स्टन पिटर्स औपचारिक भ्रमणका लागि आज (बुधबार) नेपाल आउँदै छन् । परराष्ट्र मन्त्रालयका अनुसार उनी आज राजधानी काठमाडौं आउन लागेका हुन् । उपप्रधानमन्त्री पिटर्स बिहीबारसम्म नेपालमा रहने छन् । भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ । उनले परराष्ट्रमन्त्री डा […]

May 28, 2025 - 06:19
 0
न्युजिल्यान्डका उपप्रधानमन्त्री आज नेपाल आउँदै

काठमाडौं । न्युजिल्यान्डका उपप्रधान एवं परराष्ट्रमन्त्री विन्स्टन पिटर्स औपचारिक भ्रमणका लागि आज (बुधबार) नेपाल आउँदै छन् । परराष्ट्र मन्त्रालयका अनुसार उनी आज राजधानी काठमाडौं आउन लागेका हुन् ।

उपप्रधानमन्त्री पिटर्स बिहीबारसम्म नेपालमा रहने छन् । भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ ।

उनले परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग पनि द्विपक्षीय भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ ।

न्युजिल्यान्डका उपप्रधान एवं परराष्ट्रमन्त्री पिटर्सबाट हुन लागेको यो पहिलो नेपाल भ्रमण हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register