पाकिस्तानमा निर्वाचनको आलोचना गर्ने एनजीओ प्रमुखको घर सिल

इस्लामाबाद । गत वर्षको राष्ट्रिय निर्वाचनमा व्यापक धाँधली भएको आरोप लगाउँदै प्रतिवेदन लेख्ने एक एनजीओ प्रमुखको घर पाकिस्तानी अधिकारीहरूले सिल गरेको उनले शनिबार एएफपीलाई बताएका छन् । सन् २०२४ फेब्रुअरीको निर्वाचन देशका सबैभन्दा लोकप्रिय राजनीतिज्ञ इमरान खान जेलमा रहेको र चुनाव लड्न प्रतिबन्धित भएको अवस्थामा भएको थियो र शक्तिशाली सेनासँग नजिक मानिने दलहरूको गठबन्धनले सत्ता […]

Feb 23, 2025 - 01:51
 0
पाकिस्तानमा निर्वाचनको आलोचना गर्ने एनजीओ प्रमुखको घर सिल

इस्लामाबाद । गत वर्षको राष्ट्रिय निर्वाचनमा व्यापक धाँधली भएको आरोप लगाउँदै प्रतिवेदन लेख्ने एक एनजीओ प्रमुखको घर पाकिस्तानी अधिकारीहरूले सिल गरेको उनले शनिबार एएफपीलाई बताएका छन् ।

सन् २०२४ फेब्रुअरीको निर्वाचन देशका सबैभन्दा लोकप्रिय राजनीतिज्ञ इमरान खान जेलमा रहेको र चुनाव लड्न प्रतिबन्धित भएको अवस्थामा भएको थियो र शक्तिशाली सेनासँग नजिक मानिने दलहरूको गठबन्धनले सत्ता हासिल गरेको थियो ।

यस महिना एनजीओ पट्टनले निर्वाचनबारे एक प्रतिवेदन प्रकाशित गर्‍यो र एक वक्तव्यमा यसलाई ‘अभूतपूर्व रूपमा धाँधली भएको’ र ‘मतदान धाँधली, जालसाजी र हेरफेर’ भएको बताएको थियो ।

हाल लन्डनमा रहेका पट्टनका प्रमुख सरवर बारीले राजधानी इस्लामाबादमा रहेको आफ्नो घर शुक्रबार राति सिल गरिएको बताए । ‘यो स्पष्ट रुपमा प्रतिवेदनको प्रतिक्रियामा गरिएको हो,’ उनले एएफपीलाई बताए ।

उनकी श्रीमती आलिया बानोले प्रहरी अधिकारी, मजिस्ट्रेट र इस्लामाबाद प्रशासनका अधिकारीहरूसहित करिब दुई दर्जनको टोलीले सम्पत्ति सिल गरेको बताए ।

एएफपीले देखेको निवासलाई सिल गर्ने न्यायाधीशको आदेशमा पट्टनको एनजीओको रूपमा दर्ता २०१९ मा रद्द गरिएको र यो गैरकानुनी रूपमा सञ्चालन भइरहेको उल्लेख गरिएको थियो ।

बारीले आफ्नो निवासलाई प्रायः पट्टनका बैठक र पत्राचारका लागि प्रयोग गर्ने गरेको तर यो मुख्यतया आफ्नो घर भएको कुरामा जोड दिए ।

पाकिस्तान मानवअधिकार आयोगले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा जारी एक वक्तव्यमा उनको घर सिल गरिएको समाचारप्रति ‘चिन्तित’ भएको जनाएको छ ।

‘नागरिकहरूविरुद्ध यस्ता धम्कीपूर्ण रणनीतिहरू अस्वीकार्य छन्,’ वक्तव्यमा भनिएको छ, ‘यो मामिलाको तत्काल अदालतमा सुनुवाइ हुनुपर्छ ।’

पट्टनले सन् २०२४ फेब्रुअरी ८ मा भएको राष्ट्रिय निर्वाचनको सार्वजनिक छानबिनको माग गरेको छ ।

मतदानअघि पूर्व प्रधानमन्त्री खानको पार्टीलाई व्यापक दमनद्वारा लक्षित गरिएको थियो । यस क्रममा धेरै वरिष्ठ नेताहरू पक्राउ परेका थिए र उनीहरूको सडक अभियान अवरुद्ध भएको थियो ।

मतदानको केही दिनअघि खानलाई भ्रष्टाचार, राजद्रोह र अवैध विवाह लगायतका तीनवटा अपराधमा दोषी ठहर गरिएको थियो ।

मतदानको दिन मोबाइल इन्टरनेट बन्द गरिएको थियो । यसलाई इस्लामाबादले सुरक्षा चिन्ताहरू समाधान गर्न आवश्यक भएको बताएको थियो ।

सामाजिक सञ्जाल प्लेटफर्म एक्स मतदानपछि धाँधलीका आरोपहरू सार्वजनिक गर्न प्रयोग गरिएपछि प्रतिबन्धित छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register