म्याग्दी र मुस्ताङमा १३ वटा मोटरेबल पुल निर्माण

म्याग्दी। कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक योजनामार्फत म्याग्दी र मुस्ताङमा १३ वटा मोटरेबल पुल निर्माण भएका छन् । चीन र भारतलाई जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकखण्डको विभिन्न खोलामा मोटर गुड्ने पुल निर्माणसम्पन्न भएको बेनी–जोमसोम–कोरला सडक योजनाले जनाएको छ । बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा कालीपुल, राहुघाट, भूरुङ–तातोपानी, घट्टेकुलो र रुप्सेखोलामा मोटरेबल पुल निर्माण भएको […]

Feb 12, 2025 - 16:44
 0
म्याग्दी र मुस्ताङमा १३ वटा मोटरेबल पुल निर्माण

म्याग्दी।

कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक योजनामार्फत म्याग्दी र मुस्ताङमा १३ वटा मोटरेबल पुल निर्माण भएका छन् । चीन र भारतलाई जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकखण्डको विभिन्न खोलामा मोटर गुड्ने पुल निर्माणसम्पन्न भएको बेनी–जोमसोम–कोरला सडक योजनाले जनाएको छ ।

बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा कालीपुल, राहुघाट, भूरुङ–तातोपानी, घट्टेकुलो र रुप्सेखोलामा मोटरेबल पुल निर्माण भएको बेनी–जोमसोम–कोरला सडक योजनाका सूचना अधिकारी इन्जियिनर विष्णु चापागाईँले जानकारी दिनुभयो । यसैगरी मुस्ताङको लेतेखोला, छाक्ताङ, मार्फा, छुसाङ, चराङ, लोमान्थाङ, किनलिङ, नाम्दुङ र भर्माखोलामा पक्की मोटरेबल पुल निर्माण गरिएको छ ।

बेनी–जोमसोम–कोरला सडक योजनामार्फत विभिन्न स्थानमा गरेर कुल २४ वटा मोटरेबल पुल बनाउनुपर्नेमा १९ वटाको ठेक्का लागेर हालसम्म १३ वटा निर्माणसम्पन्न भएको आयोजनाले जनाएको छ । पुल निर्माणसम्पन्न भई सञ्चालनमा आएपछि यसअघि अस्थायी, काठेपुल र खोलाबाट जोखिम मोलेर सवारी वारपार गर्नुपर्ने बाध्यता अन्त्य भएको छ ।

सडकखण्डअन्तर्गत विभिन्न स्थानमा पुल निर्माण, सडकको स्तरोन्नति र कालोपत्रेलगायत निर्माणका कामलाई तीव्रता दिइएको बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख धुर्वकुमार झाले बताउनुभयो । पर्वतको मालढुङ्गादेखि मुस्ताङको कोरला नाकासम्म २ सय २ किलोमिटरको दूरीमा बेनी–जोमसोम–कोरला सडक योजनामार्फत विभिन्न प्याकेजमा सडक स्तरोन्नति र कालोपत्रे गर्ने काम भैरहेको छ । आर्थिक वर्ष २०७३-०७४ देखि सुरु भएको यस योजनाको अहिलेसम्म ८० प्रतिशतभन्दा धेरै भौतिक प्रगति भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register