ट्रायल नै नदिएकी सभ्यताले कम्प्युटर अपरेटरको सहयोगमा पाइन् चालक अनुमतिपत्र, चार जनाविरुद्ध मुद्दा दायर
काठमाडौं । यातायात व्यवस्था कार्यालय रुपन्देहीका दुई र तुलसीपुर यातायातका एक जना कम्प्युटर अपरेटरसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, रुपन्देहीका तत्कालीन कम्प्युटर अपरेटर कमल पराजुली, सहायक कम्प्युटर अपरेटर नारायण प्रसाद पाण्डेय र यातायात व्यवस्था कार्यालय, दाङ, तुलसीपुरका तत्कालीन कम्प्युटर अपरेटर अनिल बुढामगरविरुद्ध विशेष अदालतमा मुद्दा […]

काठमाडौं । यातायात व्यवस्था कार्यालय रुपन्देहीका दुई र तुलसीपुर यातायातका एक जना कम्प्युटर अपरेटरसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, रुपन्देहीका तत्कालीन कम्प्युटर अपरेटर कमल पराजुली, सहायक कम्प्युटर अपरेटर नारायण प्रसाद पाण्डेय र यातायात व्यवस्था कार्यालय, दाङ, तुलसीपुरका तत्कालीन कम्प्युटर अपरेटर अनिल बुढामगरविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगले मिलेमतोमा चालक अनुमतिपत्र लिने रुपन्देही, तिलोत्तमा नगरपालिका वडा नं. ४ की सभ्यता केसीविरुद्ध पनि मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।
सभ्यता के.सी.को नाममा Category B (कार, जीप, डेलिभरी भ्यान) को सवारी चालक अनुमतिपत्र जारी गर्न गैरकानुनी रूपमा अर्कै व्यक्तिको Applicant ID परिवर्तन गरी रकम लिएर लाइसेन्स प्रदान गरेको उजुरीमाथि आयोगले अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा कम्प्युटर अपरेटरले अर्कै व्यक्तिको नाममा जारी भएको सवारी चालक अनुमतिपत्र (Applicant ID: 8401685) को विवरण परिवर्तन गरेको तथ्य फेला परेको आयोगले जनाएको छ । उक्त व्यक्तिको लाइसेन्स नम्बर र Applicant ID प्रयोग गरी लिखित र ट्रायल परीक्षामा सहभागी नभएकी सभ्यता केसीको नाममा EDLVRS प्रणालीमा विवरण अद्यावधिक गरी सवारी चालक अनुमतिपत्र जारी गरेको पाइएको छ ।
What's Your Reaction?






