बजेट सँगसँगै भूमि विधेयक पनि अघि बढाउने संसद्को तयारी

काठमाडौं । संसद्‌ले विनियोजित बजेट र भूमिसम्बन्धी विधेयक सँगसँगै अगाडि बढाउने तयारी गरेको छ । संसद् सचिवालयले प्रतिनिधिसभाको जेठ २० गतेदेखि ३० गतेसम्मको  सम्भावित कार्यतालिका सार्वजनिक गर्दै यसबारे जानकारी दिएको छ । २० गतेदेखि बस्ने बैठकमा सोही दिन आव २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानबारे छलफल हुनेछ । २१ र २२ गते राजस्व र […]

May 30, 2025 - 10:11
 0
बजेट सँगसँगै भूमि विधेयक पनि अघि बढाउने संसद्को तयारी

काठमाडौं । संसद्‌ले विनियोजित बजेट र भूमिसम्बन्धी विधेयक सँगसँगै अगाडि बढाउने तयारी गरेको छ ।

संसद् सचिवालयले प्रतिनिधिसभाको जेठ २० गतेदेखि ३० गतेसम्मको  सम्भावित कार्यतालिका सार्वजनिक गर्दै यसबारे जानकारी दिएको छ ।

२० गतेदेखि बस्ने बैठकमा सोही दिन आव २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानबारे छलफल हुनेछ । २१ र २२ गते राजस्व र व्ययको वार्षिक अनुमानबारे छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ ।

२३ गते आव २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल रहनेछ भने अर्थमन्त्रीबाट जवाफ र स्पष्टीकरण, विनियोजन विधेयक, २०८२ र राष्ट्र ऋण उठाउने विधेयक, २०८२ क्रमशः प्रस्तुत हुने संसद् सचिवालयले जनाएको छ ।

२५ गते भूमिसम्बन्धी केही नेपाल एन संशोधन गर्न बनेको बिधेयक, २०८२ समितिमा पठाउने प्रस्ताव वा सदनमै दफावार छलफल गर्ने प्रस्ताव प्रस्तुत हुने सम्भावना छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register