ग्यास व्यवसायी र सरकारबीच सहमति १५ दिनका लागि आन्दोलन स्थगित

काठमाडौं । ग्यास व्यवसायी र सरकारबीच सहमति भएको छ । बुधबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरकार र व्यवसायीबीच छलफल भई व्यवसायीका जायज माग १५ दिनभित्र पूरा गर्ने सहमति भएको हो । उक्त सहमतिसँगै व्यवसायीले १५ दिनका लागि आन्दोलन स्थगित गर्ने सहमति भएको उद्योग मन्त्रालयले जनाएको छ । बैठकमा उद्योगमन्त्री, नेपाल आयल निगम सञ्चालक समितिका […]

Feb 13, 2025 - 01:14
 0
ग्यास व्यवसायी र सरकारबीच सहमति १५ दिनका लागि आन्दोलन स्थगित

काठमाडौं ।

ग्यास व्यवसायी र सरकारबीच सहमति भएको छ । बुधबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरकार र व्यवसायीबीच छलफल भई व्यवसायीका जायज माग १५ दिनभित्र पूरा गर्ने सहमति भएको हो । उक्त सहमतिसँगै व्यवसायीले १५ दिनका लागि आन्दोलन स्थगित गर्ने सहमति भएको उद्योग मन्त्रालयले जनाएको छ ।


बैठकमा उद्योगमन्त्री, नेपाल आयल निगम सञ्चालक समितिका पदाधिकारी, निगमका कर्मचारी र नेपाल एलपी ग्यास उद्योग सघंका पदाधिकारी रहेका थिए । छलफलमा संघका मागका सम्बन्धमा सकारात्मक छलफल भएको थियो । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलले ग्यास बिक्रेताले पाउँदै आएको कमिसन २०७५-०७६ देखि नबढेको हुनाले बढाउने वा पहिलेकै अवस्थामा राख्ने विषयमा छलफल भएको बताउनुभयो ।

उहाँले ग्यासमा पसलले पाउने कमिसन बढाउने वा नबढाउने विषयमा समिति बनेको हुनाले समितिको रायअनुसार उपभोक्तालाई पनि मर्का नपर्ने गरी अगाडि बढ्ने बताउनुभयो । छलफलका क्रममा नेपाल आयल निगमसमक्ष संघले पेस गरेका मागहरूलाई सकारात्मक रूपमा लिई समाधानका लागि गृहकार्य गर्न थप समय आवश्यक देखिएको हुँदा संघले आजका मितिदेखि घोषणा गरेका आन्दोलनका सबै कार्यक्रमहरू १५ दिनका लागि स्थगन गर्ने निर्णय गरेको छ ।

ग्यास व्यवसायीहरू विभिन्न १९ बुँदे माग राख्दै बुधबारदेखि चरणबद्ध आन्दोलनमा थिए । फागुन २२ गतेदेखि ग्यास बिक्री बन्द गर्ने उनीहरूले घोषणा गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register