सिरियामा नयाँ सरकार गठनको तयारी, विदेशमन्त्री भन्छन् – सबै वर्गको प्रतिनिधित्व हुनेछ

दमास्कस । सिरियामा नयाँ सरकार गठनको तयारी सुरु भएको छ । विदेशमन्त्री असद अल–शैबानीले सिरियामा मार्चमा नयाँ सरकार गठन हुने बुधबार बताएका हुन् । ‘नयाँ सरकारले सिरियाली जनसङ्ख्याका सबै वर्गको प्रतिनिधित्व गर्नेछ,’ अल–शैबानीले दाबी गरे, ‘सबै सिरियालीले यो परिवर्तनमा भूमिका खेलेका थिए । हामी कुनै पनि परिवर्तनका साथ आउने चिन्ताहरू बुझ्दछौं र हामी हाम्रा जनतामा […]

Feb 13, 2025 - 03:03
 0
सिरियामा नयाँ सरकार गठनको तयारी, विदेशमन्त्री भन्छन् – सबै वर्गको प्रतिनिधित्व हुनेछ

दमास्कस । सिरियामा नयाँ सरकार गठनको तयारी सुरु भएको छ । विदेशमन्त्री असद अल–शैबानीले सिरियामा मार्चमा नयाँ सरकार गठन हुने बुधबार बताएका हुन् ।

‘नयाँ सरकारले सिरियाली जनसङ्ख्याका सबै वर्गको प्रतिनिधित्व गर्नेछ,’ अल–शैबानीले दाबी गरे, ‘सबै सिरियालीले यो परिवर्तनमा भूमिका खेलेका थिए । हामी कुनै पनि परिवर्तनका साथ आउने चिन्ताहरू बुझ्दछौं र हामी हाम्रा जनतामा विश्वास जगाउन काम गरिरहेका छौं ।’

नयाँ संविधानले सबै नागरिकहरूको लागि मार्गनिर्देशन ढाँचाको रूपमा काम गर्ने उनले बताए ।

अल–शैबानीले सिरियाको नयाँ नेतृत्वलाई पश्चिमी प्रतिबन्ध हटाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रहसमेत गरे । ‘हरेक आर्थिक विज्ञले हामीले सामना गरिरहेको सङ्कट बुझ्दछ,’ उनले भने ।

राज्यका पुनर्निर्माणमा समय लाग्ने भए पनि प्रारम्भिक प्रगति भएको उनले दाबी गरे । ‘बजारहरू फेरि खुलेका छन् । विश्वविद्यालय पुनः सञ्चालनमा छन् र कर्मचारीहरू काममा फर्केका छन्,’ उनले थपे, ‘एक वर्षमा, सिरियाले संसारलाई पुनः परिभाषित गर्नेछ । पाँच वर्षमा, यहाँ हामीले हासिल गरेको प्रगतिको बारेमा कुरा गर्नेछौं ।’

अल–शैबानीले छिमेकी जोर्डनसँग सिरियाको सम्बन्ध सुदृढ भएको र इराकी पक्षको निमन्त्रणामा कूटनीतिक वार्ताका लागि छिट्टै बग्दाद जाने उल्लेख गरे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register