त्रिशूलीमा खसेर मोटरसाइकल चालक बेपत्ता, गोताखोर परिचालन

 काठमाडौं । त्रिशूली नदीमा खसेर मोटरसाइकल चालक बेपत्ता भएका छन् ।  नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ मा मोटरसाइकल दुर्घटना हुँदा उनी त्रिशूली नदीमा खसेर बेपत्ता भएका हुन् ।   मोटरसाइकल चालकलाई खोज्न सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोर परिचालन गरिएको छ । नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको बा ००६–०२ प ९२०४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडक छेउमा रहेको […]

Feb 14, 2025 - 09:00
 0
त्रिशूलीमा खसेर मोटरसाइकल चालक बेपत्ता, गोताखोर परिचालन

 काठमाडौं । त्रिशूली नदीमा खसेर मोटरसाइकल चालक बेपत्ता भएका छन् । 

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ मा मोटरसाइकल दुर्घटना हुँदा उनी त्रिशूली नदीमा खसेर बेपत्ता भएका हुन् ।  

मोटरसाइकल चालकलाई खोज्न सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोर परिचालन गरिएको छ ।

नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको बा ००६–०२ प ९२०४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडक छेउमा रहेको डिभाइडरमा ठोक्किएको थियो । 

प्रहरीकाअनुसार दुर्घटनास्थलमा लमजुङको साविक चन्दरेश्वर गाविस–३ घर भई हाल चितवनको भरतपुर महानगरपालिका–१ बस्ने २७ वर्षीय रोहित रानाको नागरिकता र परिचयपत्र भेटिएको छ ।

यद्यपी, मोटरसाइकलमा एकजना मात्रै थिए वा पछाडि अरु पनि बसेका थिए भन्ने अझै खुलिसकेको छैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register