सुधार केन्द्रभित्र कुटपिटबाट एक युवकको मृत्यु, सञ्चालकसहित ७ जना पक्राउ

जनकपुरधाम । बारास्थित नवजन्म सुधार केन्द्रमा रहेका एक जनाको मृत्यु भएपछि संचालक सहित ७ जनालाई पक्राउ गरिएको छ । विहिवार राति सुधार केन्द्रभित्र राखिएका कलैया–९, रामपुरका ३२ वर्षीय धीरेन्द्र महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी सन्तोष तामाङले बताए । केन्द्रमा विवाद उत्पन्न भएर कुटपिट गर्दा महतोको मृत्यु भएको प्रहरीको भनाइ छ । […]

Feb 14, 2025 - 09:51
 0
सुधार केन्द्रभित्र कुटपिटबाट एक युवकको मृत्यु, सञ्चालकसहित ७ जना पक्राउ

जनकपुरधाम । बारास्थित नवजन्म सुधार केन्द्रमा रहेका एक जनाको मृत्यु भएपछि संचालक सहित ७ जनालाई पक्राउ गरिएको छ ।

विहिवार राति सुधार केन्द्रभित्र राखिएका कलैया–९, रामपुरका ३२ वर्षीय धीरेन्द्र महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी सन्तोष तामाङले बताए । केन्द्रमा विवाद उत्पन्न भएर कुटपिट गर्दा महतोको मृत्यु भएको प्रहरीको भनाइ छ ।

महतोको मृत्यु भएपछि सुधारकेन्द्रका सञ्चालकसहित ७ जनालाई प्रहरीले तत्काल पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्फराज मन्सुरी, निरज सराफ, मो आँसु मिया शेख, अरुण सरार्फ, पर्मेश्वर साह, तमन्ना अलि र सागर गुप्ता रहेका छन् । उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान थालिएको एसपी तामाङले बताए ।

उनीहरूको कुटपिटबाट गम्भीर घाइते भएका महतोलाई राति नै उपचारका लाागि सुरुमा कलैयासिटी अस्पतालमा पुर्याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि प्रादेशिक अस्पताल लगिएको थियो । प्रादेशिक अस्पताल ले मृत्यु भएको घोषित गरेको थियो ।

अहिले शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register