राप्रपाको आज बल्खुमा जनप्रदर्शन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज (मङ्गलबार) बल्खुमा जनप्रदर्शन गर्दैछ । बल्खुमा आज बागमती प्रदेशस्तरीय प्रदर्शन र आमसभा गरिने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । भृकुटीमण्डपमा आमसभा गर्न अनुमति माग गरे पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सिफल वा बल्खुमा आमसभा गर्न भनेको थियो । प्रशासनले सुरक्षा कारण देखाउँदै भृकुटीमण्डपमा कार्यक्रम गर्न अनुमति नदिएपछि […]

Apr 8, 2025 - 02:48
 0
राप्रपाको आज बल्खुमा जनप्रदर्शन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज (मङ्गलबार) बल्खुमा जनप्रदर्शन गर्दैछ ।

बल्खुमा आज बागमती प्रदेशस्तरीय प्रदर्शन र आमसभा गरिने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

भृकुटीमण्डपमा आमसभा गर्न अनुमति माग गरे पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सिफल वा बल्खुमा आमसभा गर्न भनेको थियो ।

प्रशासनले सुरक्षा कारण देखाउँदै भृकुटीमण्डपमा कार्यक्रम गर्न अनुमति नदिएपछि स्थान परिवर्तन गर्नुपरेको उनले बताए ।

राजसंस्था र हिन्दूराष्ट्रको पक्षधर दल राप्रपा तीनकुने घटनामा पक्राउ परेका आफ्ना नेता–कार्यकर्ताको रिहाइको मागसहित केही दिनयता आन्दोलनरत छ ।

यसैबीच राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई प्रहरीले पक्राउ गरे राजावादी आन्दोलन निर्णायक बन्ने चेतावनी दिएका छन् ।

आन्दोलनका विषयमा सोमबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले शान्तिपूर्ण प्रदर्शन हुने भन्दै हिङ्सा र अराजकतामा आफ्नो भविष्य नदेखेको बताए ।

लिङ्देनले राज्य पक्षबाट हिङ्सा भड्काउने कार्य हुने सक्ने भएकाले सचेततापूर्वक हजारौं भोलेन्टियर्सलाई जनप्रदर्शनका लागि खटाइसकेको जानकारी दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register