ललितपुर सिटी एफसीले गर्‍यो सनिश र आदित्यलाई रिटेन

काठमाडौं। नेपाल सुपर लिग एनएसएलको तेस्रो संस्करणका लागि ललितपुर सिटी एफसीले डिफेन्डर सनिश श्रेष्ठ र मिडफिल्डर आदित्य शाक्यलाई रिटेन गरेको छ। शुक्रबार दुवै खेलाडीलाई रिटेन गरेको ललितपुर सिटी एफसीले जानकारी गराएको हो । गत सिजन ललितपुरलाई च्याम्पियन बनाउन यी दुई खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका थिए। नेपाल राष्ट्रिय टोलीकासमेत डिफेन्डर रहेका सनिशलाई ‘ए’ क्याटोगोरी र मिडफिल्डर […]

Feb 14, 2025 - 10:45
 0
ललितपुर सिटी एफसीले गर्‍यो सनिश र आदित्यलाई रिटेन

काठमाडौं। नेपाल सुपर लिग एनएसएलको तेस्रो संस्करणका लागि ललितपुर सिटी एफसीले डिफेन्डर सनिश श्रेष्ठ र मिडफिल्डर आदित्य शाक्यलाई रिटेन गरेको छ।

शुक्रबार दुवै खेलाडीलाई रिटेन गरेको ललितपुर सिटी एफसीले जानकारी गराएको हो । गत सिजन ललितपुरलाई च्याम्पियन बनाउन यी दुई खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका थिए।

नेपाल राष्ट्रिय टोलीकासमेत डिफेन्डर रहेका सनिशलाई ‘ए’ क्याटोगोरी र मिडफिल्डर आदित्यलाई ‘बी’ क्याटोगोरीमा रिटेन गरिएको हो।

गत संस्करण ललितपुरलाई च्याम्पियन बन्दा फाइनलमा आदित्य ‘म्यान अफ द म्याच’ भएका थिए। सो फमइनलमा ललितपुरले धनगढी एफसीलाई ३–२ ले पराजित गरेको थियो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register