डडेल्धुरा अस्पतालमा करारका कर्मचारी थप्ने होडबाजी, दरबन्दीका कर्मचारी अन्तै व्यस्त

डडेल्धुरा।  सुदूरपश्चिममा संघीय सरकार मातहतको एकमात्रै ‘विशिष्ट विशेषज्ञ’ सेवासहितको अस्पताल डडेल्धुरा अस्पतालमा दरबन्दीअनुसारका कर्मचारीहरुको चरम अभाव छ । दरबन्दीका कर्मचारी नआउँदा अस्पतालमा करारका कर्मचारी थप्ने होडबाजी चलेको छ ।  डडेल्धुरा अस्तालमा हाल कार्यरत कुल दुई सय ७६ जना कर्मचारीहरुमध्ये स्थायी कर्मचारी ८६ जना मात्रै छन् । करारमा कार्यरत कर्मचारीको संख्या भने एक सय ९० रहेको […]

Feb 14, 2025 - 11:32
 0
डडेल्धुरा अस्पतालमा करारका कर्मचारी थप्ने होडबाजी, दरबन्दीका कर्मचारी अन्तै व्यस्त

डडेल्धुरा। 

सुदूरपश्चिममा संघीय सरकार मातहतको एकमात्रै ‘विशिष्ट विशेषज्ञ’ सेवासहितको अस्पताल डडेल्धुरा अस्पतालमा दरबन्दीअनुसारका कर्मचारीहरुको चरम अभाव छ । दरबन्दीका कर्मचारी नआउँदा अस्पतालमा करारका कर्मचारी थप्ने होडबाजी चलेको छ । 

डडेल्धुरा अस्तालमा हाल कार्यरत कुल दुई सय ७६ जना कर्मचारीहरुमध्ये स्थायी कर्मचारी ८६ जना मात्रै छन् । करारमा कार्यरत कर्मचारीको संख्या भने एक सय ९० रहेको अस्पतालका सूचना अधिकारी टंकप्रसाद पन्तले जानकारी दिए । उनका अनुसार अस्पतालको नगदी शाखा, कम्प्युटर अपरेटर, कार्यालय सहयोगी, स्वीपर र सुरक्षागार्ड करारमा कार्यरत छन् ।

अस्पतालमा कार्यरत ११ जना विषेशज्ञ चिकित्सकमध्ये चार जना मात्र स्थायी दरबन्दी र सात जना करारमा कार्यरत छन् । मेडिकल अधिकृत ३२ जना मध्ये ११ जना स्थायी र २१ जना करारमा कार्यरत छन् । स्टाफ नर्स ५७ जनामा ३७ जना स्थायी र २० जना करार कर्मचारी छन् । कार्यालय सहयोगी ३१ जना, स्वीपरमा २७ जना र सुरक्षागार्डमा सात जना कर्मचारी करारमा कार्यरत छन् ।

अस्पतालमा करार कर्मचारीका नाममा कार्यकर्ता भर्ना गरेको आरोप लाग्दै आएको छ । कार्यालय सहयोगी र स्वीपरमा अस्पताल व्यवस्थापन समितिले मनमर्जी कर्मचारी राखेको गुनासो छ । एघारौ तहको मेडिकल सुपरिटेन्डेन्टको दरबन्दी रहेको डडेल्धुरा अस्पतालमा हाल दसौं तहका डा. नरेन्द्रकुमार खनाल निमित्त मेडिकल सुपरिटेन्डेन्टका रुपमा काम गरिरहेका छन् ।

अस्पतालमा स्थायी दरबन्दीका कर्मचारी नहुनुले करार भर्नाका निहुँमा अस्पताल विकास समितिको भर्तीकेन्द्र बनेको जिल्ला स्थित राजनीतिक दलका नेताहरुको आरोप छ । अस्पताल जस्तो संवेदनशील संस्थालाई राजनीतिबाट मुक्त गर्नु जरुरी रहेका स्थानीय बताउछन । यससम्बन्धमा डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझा अस्पतालमा दरबन्दी अनुसारका विशेषज्ञ चिकित्सक लगायत अन्य कर्मचारीको माग गर्न समय समयमा काठमाण्डौ धाएको बताउँछन् ।

अस्पतालको पुरानो संरचनाअनुसार कुल एक सय ९९ जना कर्मचारीको दरबन्दी रहेपनि दरबन्दीका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु नआउँदा करारमा कर्मचारी भर्ना गर्नुपरेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालबाट पटक पटक माग गरिए पनि दरबन्दीका कर्मचारीहरुले अटेरी गरिरहेको अस्पताल विकास समितिले जनाएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register