नेवाः पत्रकार राष्ट्रिय दबूको वार्षिक सभामा ६ जना पत्रकार पुरस्कृत

काठमाडौं। नेवाः पत्रकार राष्ट्रिय दबूले यस वर्ष ६ जना पत्रकारलाई विभिन्न पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।पत्रकार राष्ट्रिय दबूको शनिबार मध्यपुर थिमीमा आयोजित १३ औं साधारण सभामा एक समारोहकाबीच सो पुरस्कार प्रदान गरिएको हो। वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी स्मृति पत्रकारिता पुरस्कार मेट्रोएफएमका वरिष्ठ सञ्चारकर्मी जुजुमान महर्जनलाई प्रदान गरिएको थियो।सो पुरस्कारको नगद राशि १० हजार […]

Mar 22, 2025 - 12:33
 0
नेवाः पत्रकार राष्ट्रिय दबूको वार्षिक सभामा ६ जना पत्रकार पुरस्कृत

काठमाडौं।

नेवाः पत्रकार राष्ट्रिय दबूले यस वर्ष ६ जना पत्रकारलाई विभिन्न पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।
पत्रकार राष्ट्रिय दबूको शनिबार मध्यपुर थिमीमा आयोजित १३ औं साधारण सभामा एक समारोहकाबीच सो पुरस्कार प्रदान गरिएको हो।

वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी स्मृति पत्रकारिता पुरस्कार मेट्रोएफएमका वरिष्ठ सञ्चारकर्मी जुजुमान महर्जनलाई प्रदान गरिएको थियो।सो पुरस्कारको नगद राशि १० हजार रुपैयाँ रहेको छ ।

त्यसैगरी नेपालका पहिलो त्रिपिटकाचार्य एवं २००१ मा तत्कालीन प्रधानमन्त्री जुद्ध शम्शेरले निकाला गर्नुभएका आठ भिक्षु मध्ये एक भिक्षु कुमारकाश्यप महास्थविरको नाउँमा भिक्षु कौण्डन्य महास्थविरले स्थापना गरेको भिक्षु कुमारकाश्यप स्मृति पत्रकारिता पुरस्कार नेपाल मण्डल टेलिभिजनका सञ्चारकर्मी रामराजा बज्राचार्य प्रदान गरिएको थियो।यस पुरस्कारको नगद राशि २० हजार रुपैयाँ रहेको छ ।

ललितपुर जिल्लामा पहिलो अपांगमैत्री भवन बनाउने कार्यको अग्रसरता लिएका समाजसेवी मोतिशान्ति शाक्यले आफ्नी आमा र बाबुको नाउ“मा स्थापना गरेको ज्ञानदेवी– मणीरत्न स्थापित स्मृति पत्रकारिता पुरस्कार नेवाःएचडी टेलिभिजनका वरिष्ठ सञ्चारकर्मी नवीन जोशीलाई प्रदान गरिएको थियो।यस पुरस्कारको नगद राशि २० हजार रुपैयाँ रहेको छ ।

देवशोभा कंसाकारद्वारा स्थापित ज्ञानज्योति – लक्ष्मीप्रभा स्मृति पत्रकारिता पुरस्कार जनसञ्चार टेलिभिजनका सञ्चारकर्मी सुरेश सैंजुलाई प्रदान गरिएको थियो।यो पत्रकारिता पुरस्कारको राशि २० हजार रुपैयाँ रहेको छ ।

त्यसैगरी ललितपुरका व्यवसायी बाबुराजा ज्यापू फोटो पत्रकारिता पुरस्कार गोर्खापत्र अनलाईनका फोटोपत्रकार मनोजरत्न शाहीलाई प्रदान गरिएको थियो। यस पुरस्कारको नगर राशि १० हजार रुपैयाँ रहेको छ।विजयराम कर्माचार्यद्वारा स्थापित श्रीरामस्मृति न्हुज पत्रकारिता पुरस्कार चितवनका पत्रकार निशा श्रेष्ठलाई प्रदान गरिएको थियो।

पत्रकारिता क्रियाशील, नेपाल भाषा, संस्कृति, सम्पदा, सञ्चारमाध्यमको समावेशीकरण,आदिवासी जनजातिको सवालमा पत्रकारिता मार्फत पु¥याएको योगदान, लैगिंक भौगोलिक र लगायत पक्षलाई मध्यनजर गरी सो पुरस्कार प्रदान गरिएको पत्रकार दबूले जनाएको छ ।

पुरस्कृत व्यक्तित्वहरुलाई पत्रकार राष्ट्रिय दबूका वरिष्ठ उपाध्यक्ष सुनील महर्जनले फुलमाला, निवर्तमान अध्यक्ष सुरजवीर बज्राचार्यले खादा र केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल दोसल्ला र वाग्मती प्रदेश सरकारका श्रम, राजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले सम्मानपत्र प्रदान गरे। नगद पुरस्कार भने सम्बन्धित पुरस्कार दाताले प्रदान गरिएको थियो ।

सो अवसरमा मन्त्री महर्जनले जातीय विविधताको सम्बोधन, सामाजिक न्यायको लागि पत्रकारहरु संवेदनशील हुनुपर्नेमा जोड दिदै समावेशी पत्रकारिताको विकास र मातृभाषाको पत्रकारिताको क्षेत्रको लागि वाग्मती प्रदेश सरकारले ठोस काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

नेपालभाषा, संस्कृति, सम्पदाको संरक्षणमा वाग्मती प्रदेश सरकार गम्भीर रहेको उल्लेख गर्दै उनले त्यसको विकास लागि विनियोजित बजेट सदुपयोग गर्न आग्रह गरे।सञ्चारमाध्यम समावेशी बनाउने कार्यमा प्रदेश सरकारको तर्फबाट आफ्नो महत्वपूर्ण पहलकदमी रहने बताउँदै मन्त्री महर्जनले समाजको विकासको लागि जनउत्तरदायी स्वस्थ पत्रकारिता हुुनुपर्नेमा जोड दिए।

सो अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूका संस्थापक अध्यक्ष श्रीकृष्ण महर्जनले पत्रकारिता क्षेत्रलाई समावेशी बनाउन नेवार पत्रकार दबूसंगै फोनिजले राज्यको ध्यानाकर्षण गराउँदै आएको बताउँदै समावेशीले राष्ट्रिय एकता, सामाजिक सद्भावलाई बलियो बनाउने धारणा राखे ।

नेवाः पत्रकार राष्ट्रिय दबूका निर्वतमान अध्यक्ष सुरजवीर बज्राचार्यले मातृभाषा पत्रकारिताको माध्यमबाट भाषाको संरक्षणको साथै परम्परा, संस्कृति, सम्पदाको प्रवद्र्धन गर्न सकिनेमा जोड दिँदै मातृभाषा पत्रकारिताको विकासको लागि राज्यले विशेष प्याकेजकै घोषणा गर्नुपर्ने माग गरे।

सो अवसरमा केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले प्रेस स्वतन्त्रताको उच्चत्तम अभ्यासका लागि सञ्चारमाध्यम समावेशी भएर विभिन्न जातजाति र भाषाभाषीको आवाजलाई स्थान दिनुपर्ने र मातृभाषाको पत्रकारिताको विकासका लागि राज्यको ध्यान जानुपर्नेमा केन्द्रीत गर्दै आ आफ्नो धारणा राखे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register