बीवाईडीको ‘डिपाईलट एडभान्स्ड इन्टेलिजेन्ट ड्राइभिङ असिस्टेन्स सिस्टम’ सार्वजनिक

काठमाडौं । विश्वकै अग्रणी नयाँ ऊर्जा सवारी निर्माता बी.वाई.डी ले आफ्नो मुख्यालय सेनझेनमा डिपाईलट एडभान्स्ड इन्टेलिजेन्ट ड्राइभिङ असिस्टेन्स सिस्टम (डिपाईलट सिस्टम) सार्वजनिक गरेको छ । डिपाईलट ६००, डिपाईलट ३००, र डिपाईलट १०० सहितको यो सिस्टमले सबै ग्राहकहरूका लागि उच्चस्तरीय स्मार्ट ड्राइभिङ प्रविधिलाई सहज बनाउने बीवाईडीको प्रतिबद्धता छ । यसले सवारी उद्योगको प्रविधिगत रूपान्तरणलाई निकै तीव्र […]

Feb 14, 2025 - 12:45
 0
बीवाईडीको ‘डिपाईलट एडभान्स्ड इन्टेलिजेन्ट ड्राइभिङ असिस्टेन्स सिस्टम’ सार्वजनिक

काठमाडौं । विश्वकै अग्रणी नयाँ ऊर्जा सवारी निर्माता बी.वाई.डी ले आफ्नो मुख्यालय सेनझेनमा डिपाईलट एडभान्स्ड इन्टेलिजेन्ट ड्राइभिङ असिस्टेन्स सिस्टम (डिपाईलट सिस्टम) सार्वजनिक गरेको छ ।

डिपाईलट ६००, डिपाईलट ३००, र डिपाईलट १०० सहितको यो सिस्टमले सबै ग्राहकहरूका लागि उच्चस्तरीय स्मार्ट ड्राइभिङ प्रविधिलाई सहज बनाउने बीवाईडीको प्रतिबद्धता छ । यसले सवारी उद्योगको प्रविधिगत रूपान्तरणलाई निकै तीव्र बनाउँने कम्पनीको अपेक्षा छ ।

बीवाईडीले भने यो सुविधा आफ्ना सबै मोडलमा बिना कुनै अतिरिक्त शुल्क दिने जनाएको छ । सबैभन्दा कम मुल्यको मोडल सिगलमा समेत यो सुविधा उपलब्ध हुनेछ । जसको मूल्य ९,५५५ डलर रहेको छ । कम्पनीले नयाँ प्रविधिसँगै ग्राहकहरूलाई सुरक्षित र स्मार्ट ड्राइभिङ अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ । अहिलेसम्म, सेन्सर र क्यामेरा जस्ता उच्च प्रविधि भएका सेल्फ ड्राइभिङ सिस्टमहरू महँगा गाडीहरूमा मात्र उपलब्ध हुने गथ्र्यो । तर बीवाईडी ले अब यो परिवर्तन गर्दै यस्ता प्रविधि केवल महँगा गाडीहरूमा सीमित नराखी, सबैलाई सहज रूपमा उपलब्ध गराउदै छ ।

बी.वाई.डी का सिईओ वाङ छुवान्फुले ले भनेका छन्, ‘राम्रो प्रविधिमा सबैको पहुँचमा हुनुपर्छ ।’ डिपाईलट सिस्टम तीन भिन्न संस्करणहरूमा उपलब्ध छ ।

डिपाईलट ६०० मा तीनवटा लिडार छन् । जसलाई मुख्यतः याङवाङ मोडेलहरुमा प्रयोग गरिनेछ ।

डिपाईलट ३०० मा एउटा लिडार छ । जुन मुख्य रूपमा डेन्जा र केही बीवाईडी मोडेलहरूमा प्रयोग गरिनेछ ।

त्यस्तै, डिपाईलट १०० मा तीनवटा क्यामेरा छन् । जुन बीवाईडीका विभिन्न मोडेलहरूमा प्रयोग गरिनेछ । विशेष गरी डिपाईलट १०० मा फ्रन्ट–फेसिङ तीन क्यामेरा छच्ज्ञद्दख् सेन्सिङ हार्डवेयर र एन्ड–टु–एन्ड कन्ट्रोल एल्गोरिदम समावेश छ । जसले प्रविधि, सेन्सर, एल्गोरिदम, र डेटा क्षेत्रमा ठूलो प्रगति भएको देखाउँछ ।

यसले ग्राहकहरूलाई सबैभन्दा आवश्यक पर्ने सुविधाहरू प्रदान गर्छ । राजमार्ग र शहरी एक्सप्रेस वेहरूमा, हाई स्पिड नेभिगेसन अन अटोपाईलट प्रणालीले नेभिगेसन मार्ग पछ्याएर ¥याम्पबाट प्रवेश वा निकास गर्ने, लेन ठीक राख्ने, स्थिर गतिमा चल्ने, आफै लेन परिवर्तन गर्ने, र केही अवरोधहरू छलेर अगाडि बढ्ने जस्ता कामहरू पूरा गर्न सक्छ ।

यसका साथै, अटोमेटेड भ्याले पार्किङ प्रणालीले ड्रप–अफ र गो, गाडी लक गरेपछि आफै पार्क हुने जस्ता सुविधाहरू प्रदान गर्छ । यो प्रणाली प्रयोगकर्ताको पार्किङ बानीहरू र विभिन्न ड्राइभिङ परिस्थितिहरूअनुसार काम गर्न सक्छ, जसले पार्किङलाई अझ सहज बनाउँछ ।

मेमोरी नेभिगेसन अन अटोपाईलट प्रणाली दैनिक यात्रा वा अफिस आउने–जाने जस्ता उच्च–प्रयोग मार्गहरूका लागि उपयुक्त छ । यसले ट्राफिक बत्तीमा आफै रोक्ने र अघि बढ्ने, जटिल मोडहरू पार गर्ने, स्वचालित ओभरटेक गर्ने, कुनै पनि परिस्थितिमा अवरोध छलेर अघि बढ्ने, र लेन परिवर्तन गर्न सम्झौतासहित निर्णय गर्ने जस्ता सुविधाहरू प्रदान गर्छ । बीवाईडीले ग्राहकहरूलाई सबैभन्दा महत्वपूर्ण लाग्ने ड्राइभिङ परिस्थितिहरूमा केन्द्रित गर्दै सुरक्षा, आराम, र सहजता प्रदान गर्ने लक्ष्य राखेको छ, ताकि हरेक व्यक्तिले बीवाईडीको प्रविधिको फाइदा उठाउन सकून् ।

डिपाईलट सिस्टमले ग्राहकहरूको सुरक्षा निकै बढाउन सक्छ । HNOA अन्तर्गत, डिपाईलट १०० ले १,००० किलोमिटरसम्म बिना कुनै म्यानुअल हस्तक्षेप स्वचालित रूपमा यात्रा गर्न सक्छ । यसको अटोमेटिक एमरजेन्सि ब्रेकिङ्ग (AEB) प्रणालीले १०० किमि प्रति घण्टासम्म गाडीलाई भरपर्दो रूपमा रोक्न सक्छ । भविष्यमा १२० किमि प्रति घण्टा र १४० किमि प्रति घण्टा सम्मको गति सम्हाल्ने योजना छ । AVP प्रणालीको सफलता दर ९९% रहेको छ, जसले आपतकालीन अवस्थाहरूमा छिटो निर्णय गरेर दुर्घटना हुनबाट बचाउन मद्दत गर्छ ।

बीवाईडी सँग ५,००० भन्दा बढी इन्जिनियरहरू यो क्षेत्रमा काम गरिरहेका छन् भने ४४ लाखभन्दा बढी गाडीहरूमा L2 स्तरको ADAS प्रविधि जडान गरिएको छ । यस विशाल भेहिकल–क्लाउड डाटाबेसको सहयोगले बीवाईडी स्मार्ट ड्राइभिङ प्रविधिको विकास र व्यापक प्रयोगमा नेतृत्व गर्न सक्षम रहेको छ ।

विश्वकै अग्रणी नयाँ ऊर्जा सवारी निर्माताको रूपमा, बीवाईडीले ‘सुखद जीवनका लागि प्रविधिगत नवप्रवर्तन’ लाई आफ्नो मूल सिद्धान्त बनाएको छ । डिपाईलट इन्टेलिजेन्स रणनीति मार्फत बीवाईडी, नयाँ ऊर्जा सवारीहरूको विकासलाई अगाडि बढाउँदै विश्वभरको अटोमोबाइल उद्योगलाई रूपान्तरण गर्न र सुरक्षित तथा दिगो यातायात समाधानहरू प्रदान गर्न प्रतिबद्ध छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register