बाढीले क्षतिग्रस्त राजमार्गसहितका संरचना बनाउन ६ अर्ब माग

काठमाडौं। बाढीले क्षतिग्रस्त बिपी राजमार्गसहितका संरचना निर्माणका लागि ६ अर्ब रूपैयाँ बजेट माग भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस आर्थिक वर्षका लागि क्षतिग्रस्त राजमार्ग र पुल निर्माणका लागि ६ अर्ब रूपैयाँ माग गरेहको हो । क्षति पुगेका सडक, पुल निर्माणका लागि मन्त्रालयले २५ अर्बको स्रोत सुनिश्चितताको माग गरेको मन्त्री देवेन्द्र दाहालको भनाइ छ […]

Feb 14, 2025 - 12:51
 0
बाढीले क्षतिग्रस्त राजमार्गसहितका संरचना बनाउन ६ अर्ब माग

काठमाडौं। बाढीले क्षतिग्रस्त बिपी राजमार्गसहितका संरचना निर्माणका लागि ६ अर्ब रूपैयाँ बजेट माग भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस आर्थिक वर्षका लागि क्षतिग्रस्त राजमार्ग र पुल निर्माणका लागि ६ अर्ब रूपैयाँ माग गरेहको हो ।

क्षति पुगेका सडक, पुल निर्माणका लागि मन्त्रालयले २५ अर्बको स्रोत सुनिश्चितताको माग गरेको मन्त्री देवेन्द्र दाहालको भनाइ छ । दाहालका अनुसार ६ अर्बको बजेट निकासाका लागि अर्थ मन्त्रालय तथा गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद तथा पुनर्निर्माण प्राधिकरणलाई पत्राचार गरिएको छ । असोजको बाढीपछि पाँच महिनामा पाँच वटा बेलिब्रिज निर्माण गरिएको मन्त्री दाहालले बताए ।

रामेछाप र सिन्धुली जिल्ला जोड्ने खुर्कोटस्थित सुनकोशी नदी पुल, अरनिको राजमार्गस्थित लिपिङ पुल, अरनिको राजमार्गकै खाँगदल पुल, उदयपुर र खोटाङ जोड्ने फोक्सिङटारस्थित सुनकोशी नदी पुल र धादिङ जिल्लास्थित आँखु खोलामा पुल निर्माण गरिएको उनको भनाइ छ ।

ललितपुर र मकवानपुर जिल्ला जोड्ने कान्ति लोकपथस्थित बागमती नदी पुल, पाँचथर जिल्लास्थित हेवा खोला पुल निर्माणाधीन अवस्थामा रहेको उनले बताए । इलामको पुवा खोला र जोगमाई खोला पुल पनि निर्माणाधीन छन् । बाढीबाट क्षतिग्रस्त बिपी राजमार्गको समस्याग्रस्त खण्डहरूको मर्मत सुरू भइसकेको मन्त्रालयले जनाएको छ ।

ती खण्डमा पर्खाल लगाउने, सडक सतहलाई उठाउनका लागि जनशक्ति तथा तथा उपकरणहरू परिचालन गरिएको मन्त्रालयको भनाइ छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register