कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट
काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा महानगरतर्फ भरतपुर महानगरपालिका उत्कृष्ट भएको छ । आयोगले विभिन्न १७ वटा सूचकहरुको आधारमा गरेको मूल्याङकनमा छ वटा महानगरपालिकामध्ये भरतपुर उत्कृष्ट भएको हो । यो आर्थिक वर्षसहित भरतपुर महानगर लगातार तेस्रो वर्षसम्म पहिलो भएको हो पालिकाले समयमै सभामा बजेट पेश गरे/नगरेको, पारित गरे/नगरेको, खर्च […]

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा महानगरतर्फ भरतपुर महानगरपालिका उत्कृष्ट भएको छ ।
आयोगले विभिन्न १७ वटा सूचकहरुको आधारमा गरेको मूल्याङकनमा छ वटा महानगरपालिकामध्ये भरतपुर उत्कृष्ट भएको हो । यो आर्थिक वर्षसहित भरतपुर महानगर लगातार तेस्रो वर्षसम्म पहिलो भएको हो
पालिकाले समयमै सभामा बजेट पेश गरे/नगरेको, पारित गरे/नगरेको, खर्च अवस्था, बेरुजु, लेखा परीक्षणले औँल्याएको बेरुजु, स्थानीय सञ्चित कोष व्यवस्था प्रणालीको प्रयोग, आवधिक योजना गरे/नगरेको, राजस्वको विभाजन गरे/नगरेकोलगायतका सूचकहरुमा मूल्याङकन गरिएको थियो ।
भरतपुर महानगरले ७६.२ प्रतिशत, विराटनगर महानगरले ७३.५ प्रतिशत, ललितपुर महानगरले ६६. ७ प्रतिशत, काठमाडौं महानगरले ५४.३ प्रतिशत, पोखरा महानगरले ५१. ५ प्रतिशत र वीरगञ्ज महानगरले ४३. १ प्रतिशत अङ्क प्राप्त गरेको आयोगले जनाएको छ ।
What's Your Reaction?






