झापाको पाराबारीमा तामाङ्ग समुदायले मनाए डुलल्हो ल्होछार पर्व

शिवसताक्षी, ३ फागुन । शिवसताक्षी नगरपालिका वडा नं. ३ पाराबारीमा सोनाम ल्होछार २८६१ पर्व धुमधामका साथ विभिन्न साँस्कृतिक कार्यक्रम गरी मनाइएको छ । नेपाल तामाङ घेदुङ संघ शिवसताक्षी ३ को आयोजनामा सोनाम डुल ल्हो ल्होछार धुमधामका साथ मनाइएको हो । वडा नं. ३ को पाराबारी बजारमा भएको ल्होछार पर्व कार्यक्रमको नेपाल तामाङ घेदुङ संघका कोशी [...] The post झापाको पाराबारीमा तामाङ्ग समुदायले मनाए डुलल्हो ल्होछार पर्व appeared first on Jhapa Online.

Feb 15, 2025 - 13:13
 0
झापाको पाराबारीमा तामाङ्ग समुदायले मनाए डुलल्हो ल्होछार पर्व

शिवसताक्षी, ३ फागुन । शिवसताक्षी नगरपालिका वडा नं. ३ पाराबारीमा सोनाम ल्होछार २८६१ पर्व धुमधामका साथ विभिन्न साँस्कृतिक कार्यक्रम गरी मनाइएको छ । नेपाल तामाङ घेदुङ संघ शिवसताक्षी ३ को आयोजनामा सोनाम डुल ल्हो ल्होछार धुमधामका साथ मनाइएको हो ।

वडा नं. ३ को पाराबारी बजारमा भएको ल्होछार पर्व कार्यक्रमको नेपाल तामाङ घेदुङ संघका कोशी प्रदेश अध्यक्ष रेखबहादुर तामाङले उद्घाटन गरेका थिए । कार्यक्रममा ल्होछार पर्व मनाउन सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको आयोजक नेपाल तामाङ घेदुङ संघ शिवसताक्षी वडा नं. ३ ले जनाएको छ ।

कार्यक्रमका लागि वैदेशिक रोजगारीमा गएका दाजुभाईहरुले सहयोग गरेको र उहाँहरुको परिवारलाई सम्मान पत्र प्रदान गरिएको थियो भने, यही बसेर सहयोग गर्ने दाताहरु स्वयम व्यक्तिलाई सम्मान गरिएको कार्यक्रम संयोजक लासाङ्ग दोर्जे तामाङ जानकारी दिए । तामाङका अनुसार १३ जनालाई सम्मान गरिएको हो । कार्यक्रममा युके, जापान, अष्ट्रेलिया, कोरिया, कुवेत लगायतका देशहरुमा बैदेशिक रोजगारीमा गएका दाजुभाईहरुले सहयोग गरेका थिए ।

विभिन्न साँस्कृतिक कार्यक्रम गर्दै राष्ट्रिय गायिका रेश्मा बम्जम र स्थानीय कलाकार सानाहाङ्ग लिम्बुले बजोड प्रस्तुती दिएका थिए । गायिका बम्जमले तामाङ्ग सेलो गितहरु दर्जनौ प्रस्तुत गरेर उपस्थित दर्शकलाई छमछमी नचाएकी थिइन् । स्थानीय विज्ञान एकाडेमीका विद्यार्थीहरुले तामाङ्ग सेलो गीतहरुमा तीन वटा नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि रेखबहादुर तामाङलगायत अधिकांश वक्ताहरुले आफ्नो धर्म संस्कृति र पहिचान कसैले पनि भुल्न नहुने र आफ्नो संस्कृति भावी सन्ततीलाई अनिवार्य सिकाउनु पर्ने धारणा राखेका थिए । संस्कृति खोज्न अघिल्लो पुस्ता गुहार्नु पर्ने बाध्यता आइसकेको छ । पछिल्लो पुस्ता पश्चिमी संस्कृतितिर ढल्केकाले उनीहरुलाई रोक्नु पर्ने सबैको भनाई थियो ।

नेपाल तामाङ घेदुङ संघ वडा नं. ३ का अध्यक्ष योगेन्द्र तामाङको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत कार्यक्रम संयोजक लासाङ दोर्जे तामाङले गरेका थिए । कार्यक्रममा नेपाल तामाङ घेदुङ संघ नगर अध्यक्ष नविन लामा, वडाध्यक्ष भाष्कर न्यौपाने, कार्यपालिका सदस्य मिनाकुमारी तामाङ्ग, पाराबारी बजार विकास समितिका अध्यक्ष मेघराज ओझा, राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधिहरुलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन शान्ति पाख्रिनले गरेकी थिइन् ।

The post झापाको पाराबारीमा तामाङ्ग समुदायले मनाए डुलल्हो ल्होछार पर्व appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register