शंखरापुर बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुग्यो 

काठमाडौं । शंखरापुर नगरपालिका–५ मा बुधबार भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराका अनुसार अर्का घाइते १० वर्षीय विद्यार्थी सनसाइन तामाङको ललितपुर मेडिसिटी अस्पतालमा निधन भएको हो । यससँगै सो बस दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । यसअघि ११ वर्षीय विद्यार्थी […]

Feb 16, 2025 - 08:30
 0
शंखरापुर बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुग्यो 

काठमाडौं । शंखरापुर नगरपालिका–५ मा बुधबार भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराका अनुसार अर्का घाइते १० वर्षीय विद्यार्थी सनसाइन तामाङको ललितपुर मेडिसिटी अस्पतालमा निधन भएको हो ।

यससँगै सो बस दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । यसअघि ११ वर्षीय विद्यार्थी क्रिष्टलल पुरी, २३ वर्षीय सुरेश तामाङ र १४ वर्षीय सुशांक डोटेलका मृत्यु भएको थियो ।

३० माघमा चाबहिलको एसएस एकेडेमीका विद्यार्थी नगरकोट पिकनिक गएका थिए । पिकनिक गएर फर्कने क्रममा उनीहरू सवार बा २ ख ७९५८ नम्बरको बस दुर्घटनामा परेको थियो ।

उक्त बसमा सवार ४३ जना मध्ये तीन जनाको त्यति बेलै मृत्यु भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register