शङ्खरापुर बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुग्यो 

काठमाडौं । शङ्खरापुर नगरपालिका–५ मा बुधबार भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराकाअनुसार  दुर्घटनामा घाइते भएका १० वर्षीय विद्यार्थी सनसाइन तामाङको ललितपुर मेडिसिटी अस्पतालमा निधन भएको छ । यसअघि दुर्घटनामा ११ वर्षीय विद्यार्थी क्रिष्टल पुरी, २३ वर्षीय सुरेश तामाङ र १४ वर्षीय सुशांक […]

Feb 16, 2025 - 08:33
 0
शङ्खरापुर बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुग्यो 

काठमाडौं । शङ्खरापुर नगरपालिका–५ मा बुधबार भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराकाअनुसार  दुर्घटनामा घाइते भएका १० वर्षीय विद्यार्थी सनसाइन तामाङको ललितपुर मेडिसिटी अस्पतालमा निधन भएको छ ।

यसअघि दुर्घटनामा ११ वर्षीय विद्यार्थी क्रिष्टल पुरी, २३ वर्षीय सुरेश तामाङ र १४ वर्षीय सुशांक डोटेलको मृत्यु भएको थियो ।

चाबहिलको एसएस एकेडेमीका विद्यार्थी चढेको बा २ ख ७९५८ नम्बरको बस माघ ३० गते नगरकोट पिकनिकबाट फर्कने क्रममा दुर्घटनामा परेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register