सत्तापक्षीय सांसदको गुनासो : घर आँगनमै बाघले मान्छे मार्न थाल्यो, सरकार गम्भीर भएन
काठमाडौं । बाघको आक्रमणबाट लगातार मानिसको ज्यान गएको भन्दै प्रतिनिधिसभामा बाघ नियन्त्रणको माग उठेको छ । बाघको आक्रमणबाट अनाहकमा ज्यान गुमाउनु परेको भन्दै जनमत पार्टीका सांसद अब्दुल खानले यसप्रति सरकार गम्भीर हुनुपर्ने बताए । आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै खानले घर आँगनमै वृद्धदेखि बच्चासम्म बाघको आक्रमणको सिकार हुनु परेको बताए । पटक पटक संसद्मा बाघ-मानिस द्वन्द्व […]

काठमाडौं । बाघको आक्रमणबाट लगातार मानिसको ज्यान गएको भन्दै प्रतिनिधिसभामा बाघ नियन्त्रणको माग उठेको छ ।
बाघको आक्रमणबाट अनाहकमा ज्यान गुमाउनु परेको भन्दै जनमत पार्टीका सांसद अब्दुल खानले यसप्रति सरकार गम्भीर हुनुपर्ने बताए ।
आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै खानले घर आँगनमै वृद्धदेखि बच्चासम्म बाघको आक्रमणको सिकार हुनु परेको बताए ।
पटक पटक संसद्मा बाघ-मानिस द्वन्द्व विषय उठेपनि सरकारले ठोस कदम चाल्न नसकेको गुनासो खानले गरे । ‘मैले यस सदनमा लगातार बाघ नियन्त्रणको विषय उठाइरहेको छु । यो समस्या नियन्त्रण हुने अवस्था देखेको छैन’ खानले भने ।
गएको फागुन ३ मा बर्दियाको मधुवन नगरपालिका ९ मा घरको आँगनमा खेलिरहेका अढाई वर्षका रिहान चलाउनेको बाघको आक्रमण परि ज्यान गएको थियो ।
‘काँडे तार लगाएर हुन्छ । पर्खाल लगाएर हुन्छ या बस्ती सारेर हुन्छ । यस समस्याबाट बर्दियाका बासिन्दाको समस्या समाधान गर्नुपर्छ’ सांसद खानले भने ।
What's Your Reaction?






