बंगलादेशमा ४० मेगावाट बिजुली पठाउने तयारी कस्तो छ ?

काठमाडौं । भारतको बाटो हुँदै बंगलादेशलाई ४० मेगावाट बिजुली बेच्न भएको त्रिपक्षीय सम्झौताअनुसार नेपालले असार १ देखि बंगलादेशमा बिजुली पठाउनु पर्नेछ । गत वर्ष असोज १७ मा तीनओटै देशका उच्च पदस्थ अधिकारीहरुको उपस्थितिमा भएको सम्झौतापश्चात नेपालले १२ घण्टाका लागि मात्रै बंगलादेशमा बिजुली बेचेको थियो । तर, यसवर्ष तोकिएकै समयमा बंगलादेशमा बिजुली पठाउने तयारीबारे नेपाल विद्युत […]

Jun 14, 2025 - 11:32
 0
बंगलादेशमा ४० मेगावाट बिजुली पठाउने तयारी कस्तो छ ?

काठमाडौं । भारतको बाटो हुँदै बंगलादेशलाई ४० मेगावाट बिजुली बेच्न भएको त्रिपक्षीय सम्झौताअनुसार नेपालले असार १ देखि बंगलादेशमा बिजुली पठाउनु पर्नेछ ।

गत वर्ष असोज १७ मा तीनओटै देशका उच्च पदस्थ अधिकारीहरुको उपस्थितिमा भएको सम्झौतापश्चात नेपालले १२ घण्टाका लागि मात्रै बंगलादेशमा बिजुली बेचेको थियो ।

तर, यसवर्ष तोकिएकै समयमा बंगलादेशमा बिजुली पठाउने तयारीबारे नेपाल विद्युत प्राधिकरणले हालसम्म औपचारिक जानकारी गराएको छैन । यद्यपी, नेपाल विद्युत प्राधिकरणका प्रवक्ता राजन ढकालले भने सम्झौतामा तोकिएको मितिमै बिजुली निर्यात गर्नेगरी अन्तिम तयारी भइसकेको जानकारी दिएका छन् ।

‘करिब दुईसाता अघिनै बंगलादेशले नेपालबाट बिजुली लैजानका लागि प्रतित पत्र (एलसी) खोलिसकेको छ । त्यसकारण असार १ मै बंगालदेशमा बिजुली बेच्नेगरी काम भइसकेको हो,’ उनले भने ।

सम्झौताअनुसार नेपालले आगामी पाँच वर्षसम्म हरेक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म बंगलादेशमा बिजुली पठाउनुपर्नेछ ।

गतवर्ष नेपाल र भारतबीचको पहिलो ४०० केभी अन्तरदेशीय प्रसारण लाइन ढल्केवर–मुजफ्फरपुर हुँदै नेपालको बिजुली बंगलादेश पुगेको थियो । यसवर्ष पनि सोहि प्रसारण लाइन हुँदै नेपालको बिजुली बंगलादेश पुग्नेछ । त्यसका लागि विद्युत्‌को मिटर मुजफ्फरपुरमा रहेको छ ।
मुजफ्फरपुरबाट भारतको प्रसारण लाइनमार्फत बेहरामपुर (भारत)–भेडामारा (बंगलादेश) ४०० केभी प्रसारण लाइन हुँदै बिजुली बंगलादेश पुगेको थियो ।

प्राधिकरणले भारतीय अनुदानमा निर्माण भई आफ्नो स्वामित्वमा रहेको २५ मेगावाटको त्रिशूली र आफ्नै सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् बंगलादेश निर्यात गर्ने सहमती भएको छ । – नेपाल न्युज बैंक

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register