नेपाली विद्यार्थीको पक्षमा अखिल भारतीय विद्यार्थी परिषद्ले सुरु गर्‍यो आन्दोलन

काठमाडौं । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी समर्थीत विद्यार्थी सङ्गठन अखिल भारतीय विद्यार्थी परिषद्ले नेपाली विद्यार्थीको समर्थनमा आन्दोलन सुरु गरेको छ । ओडिसाको कलिङ्गा इन्सिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको मृत्युको विरोधमा उत्रिएका नेपाली विद्यार्थीलाई कलेज प्रशासनले कलेजबाट निकाला गरेको थियो । नेपाली विद्यार्थीलाई रातारात कलेजबाट निकालेर रेलवे स्टेशन पुर्‍याइएको […]

Feb 17, 2025 - 12:03
 0
नेपाली विद्यार्थीको पक्षमा अखिल भारतीय विद्यार्थी परिषद्ले सुरु गर्‍यो आन्दोलन

काठमाडौं । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी समर्थीत विद्यार्थी सङ्गठन अखिल भारतीय विद्यार्थी परिषद्ले नेपाली विद्यार्थीको समर्थनमा आन्दोलन सुरु गरेको छ ।

ओडिसाको कलिङ्गा इन्सिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको मृत्युको विरोधमा उत्रिएका नेपाली विद्यार्थीलाई कलेज प्रशासनले कलेजबाट निकाला गरेको थियो ।

नेपाली विद्यार्थीलाई रातारात कलेजबाट निकालेर रेलवे स्टेशन पुर्‍याइएको घटनाको विरोधमा अखिल भारतीय विद्यार्थी परिषद्ले आन्दोलन सुरु गरेको हो ।

केआईआईटी कलेज परिसरमा परिषद्ले आन्दोलन चर्काएको छ ।

अखिल भारतीय विद्यार्थी परिषद्का राष्ट्रिय कार्यकारिणी सदस्य विश्वजित पात्रले नेपाली विद्यार्थीसँग कलेजल माफी माग्नुपर्ने र उनीहरुलाई कलेजमा फिर्ता बोलाउनुपर्ने माग गरेका छन् ।

रेलवे स्टेशनमा अलपत्र रहेका नेपाली विद्यार्थीलाई खान र बस्नको व्यवस्था समेत कलेजले नै गर्नुपर्ने परिषद्ले माग गरेको छ । यसबाहेक मृतक विद्यार्थी र उनको परिवारलाई क्षतिपुर्ति दिनसमेत परिषद्ले माग गरेको छ ।

परिषद्का ओडिसा सचिव बुद्धदेव वाग रेलवे स्टेशनमा अलपत्र रहेका नेपाली विद्यार्थीलाई भेट्नसमेत पुगेका छन् ।

वागले नेपाली विद्यार्थीलाई कलेज फर्काउन कलेज प्रशासनसँग संवाद सुरु गरिएको बताए । उनले भने, “हामी मृतक विद्यार्थीप्रति गहिरो समवेदना प्रकट गर्दछौँ । नेपाली विद्यार्थीलाई छात्रावासबाट निकालेर स्टेसनमा राखेर विश्वविद्यालयले गरेको अमानवीय क्रियाकलापको अखिल भारतीय विद्यार्थी परिषद् घोर भर्त्सना गर्दछ र यस्तो गर्नेलाई तत्काल कारबाही गर्न माग गर्दछ ।”

भारतमा नेपाली छात्राको मृत्यु : प्रशासनले विद्यार्थीलाई कलेजबाट निकालेर रेल स्टेशनमा पुर्‍यायो

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register