हमासले इजरायललाई हस्तान्तरण गर्यो चार बन्धकको शव

एजेन्सी। हमासले गाजा क्षेत्रमा राखिएका चार इजरायली बन्धकका शव बिहीबार फिर्ता गरेको छ । अक्टोबर ७, २०२३ को हमलापछि पहिलोपटक हमासले मृत बन्धकहरू इजरायललाई बुझाएको हो । फिर्ता गरिएका शवहरूमा ३२ वर्षीया शिरी बिबास, उनका दुई छोरा चार वर्षीय एरियल र नौ महिनाका कफिर बिबास रहेका छन् । उनीहरूलाई हमास नेतृत्वको लडाकू समूहले १६ महिनाअघि […]

Feb 20, 2025 - 11:22
 0
हमासले इजरायललाई हस्तान्तरण गर्यो चार बन्धकको शव

एजेन्सी।

हमासले गाजा क्षेत्रमा राखिएका चार इजरायली बन्धकका शव बिहीबार फिर्ता गरेको छ । अक्टोबर ७, २०२३ को हमलापछि पहिलोपटक हमासले मृत बन्धकहरू इजरायललाई बुझाएको हो ।

फिर्ता गरिएका शवहरूमा ३२ वर्षीया शिरी बिबास, उनका दुई छोरा चार वर्षीय एरियल र नौ महिनाका कफिर बिबास रहेका छन् ।

उनीहरूलाई हमास नेतृत्वको लडाकू समूहले १६ महिनाअघि दक्षिण इजरायलको ‘किबुट्ज निर ओज’बाट अपहरण गरेको थियो ।

यी बालबालिका अक्टोबर ७ को आतंकवादी आक्रमणका सबैभन्दा पीडितमध्ये थिए । उनीहरूको मृत शरीर फिर्ता गरिनु इजरायलका लागि भावनात्मक एवं शोकमय क्षण भएको छ ।

चौथो शव ८३ वर्षीय ओदेद लिफ्सिट्जको भएको बताइएको छ । उनलाई र उनकी पत्नी योचेभेद लिफ्सिट्जलाई पनि त्यही ठाउँबाट अपहरण गरिएको थियो । हमासले गत अक्टोबर २४, २०२३ मा योचेभेदलाई रिहा गरेको थियो ।

शव हस्तान्तरण हुनुअघि हमासका लडाकूहरूले गाजा शहर ‘खान युनुस’मा चारवटा कालो कात्रो मञ्चमा राखेका थिए । पछाडि प्रचारात्मक पोस्टरमा अरबी, हिब्रू र अंग्रेजी भाषामा विभिन्न नारा लेखिएका थिए ।

शवहरू रेडक्रसलाई हस्तान्तरण गरिएपछि इजरायली सेनाले लिएको त्यहाँका अधिकारीहरूले पुष्टि गरेका छन् । यी शवहरू तेल अवीवस्थित अबु कबिर फरेन्सिक इन्स्टिच्युटमा फरेन्सिक परीक्षणका लागि पठाइनेछ ।

शव हस्तान्तरणपछि इजरायली राष्ट्रपति इसाक हर्जोगले देशभरका मानिसहरूको मन टुक्रिएको बताएका छन् । उनले सरकारको तर्फबाट क्षमायाचनासमेत गर्दै सामाजिक सञ्जाल एक्समा भनेका छन्, ‘अक्टोबर ७ मा अपहरण गरिएका मानिसहरूलाई जोगाउन नसक्नु हाम्रो असफलता हो ।’

हमासले नोभेम्बर २०२३ मा बिबास परिवारकी आमा शिरी बिबास र उनका दुई छोरा इजरायली हवाई हमलामा मारिएको दाबी गरेको थियो । तर, यसबारे कुनै प्रमाण प्रस्तुत गरिएको थिएन । इजरायलले पनि उनीहरूको मृत्युको पुष्टि गरेको थिएन ।

शिरी बिबासका श्रीमान् यार्डेन बिबास यसै महिना हमासको बन्दी जीवनबाट मुक्त भएका थिए । उनलाई ४ सय ८४ दिनपछि रिहा गरिएको थियो । उनी जनवरी २०२५ को युद्धविराम सम्झौताअन्तर्गत जीवित मुक्त गरिएका १९ इजरायली बन्धकमध्ये एक हुन् ।

इजरायली सेनाले यसअघि पनि गाजाबाट अन्य बन्धकका शवहरू फिर्ता ल्याइसकेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register