टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार बाबुछोराको मृत्यु

काठमाडौं । इलामको रोङ गाउँपालिका-३ हाँसपोखरीस्थित मेची राजमार्गमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोराको मृत्यु भएको छ। इलामबाट झापातर्फ जाँदै गरेको को १ ख ६४६२ नम्बरको टिप्परले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १-०३-००१ प १५८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । दुर्घटनामा मोटरसाइकल चालक सूर्योदय नगरपालिका-६ खादीगाउँका ४० वर्षीय  दीर्घ राई र पछाडि सवार उनका बुबा […]

Feb 22, 2025 - 04:23
 0
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार बाबुछोराको मृत्यु

काठमाडौं । इलामको रोङ गाउँपालिका-३ हाँसपोखरीस्थित मेची राजमार्गमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोराको मृत्यु भएको छ।

इलामबाट झापातर्फ जाँदै गरेको को १ ख ६४६२ नम्बरको टिप्परले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १-०३-००१ प १५८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक सूर्योदय नगरपालिका-६ खादीगाउँका ४० वर्षीय  दीर्घ राई र पछाडि सवार उनका बुबा ७० वर्षीय पवनकुमार राई गम्भीर घाइते भएका थिए ।

उनीहरू उपचारको क्रममा बिर्तामोडको बीएन्डसी अस्पतालमा मृत्यु भएको हो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register