‘कृषि क्षेत्रले ठूलो जनसंख्यालाई रोजगारी प्रदान गरिरहेको छ’

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले कृषि क्षेत्रले ठूलो जनसङ्ख्यालाई रोजगारी प्रदान गरिरहेको बताएका छन् । उनले आइतबार आयोजित नेपाल कन्ट्री इन्भेस्टमेन्ट छलफलका क्रममा यस्तो बताएका हुन्। अध्यक्ष ढकालले नेपालको कृषि सम्भावनाबाट फाइदा लिन सुधार र सहकार्य आवश्यक रहेको बताएका छन् । उनले कृषि अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै यसबाट फाइदा लिन […]

Feb 23, 2025 - 07:57
 0
‘कृषि क्षेत्रले ठूलो जनसंख्यालाई रोजगारी प्रदान गरिरहेको छ’

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले कृषि क्षेत्रले ठूलो जनसङ्ख्यालाई रोजगारी प्रदान गरिरहेको बताएका छन् । उनले आइतबार आयोजित नेपाल कन्ट्री इन्भेस्टमेन्ट छलफलका क्रममा यस्तो बताएका हुन्।

अध्यक्ष ढकालले नेपालको कृषि सम्भावनाबाट फाइदा लिन सुधार र सहकार्य आवश्यक रहेको बताएका छन् । उनले कृषि अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै यसबाट फाइदा लिन सोही अनुरुपका रणनीति र कार्यक्रम आवश्यक भएको बताएका हुन् । अहिले पनि कृषि क्षेत्रले ठूलो जनसङ्ख्यालाई रोजगारी प्रदान गरिरहेको, कुल गार्हस्थ उत्पादनमा उल्लेखनीय योगदान पुर्याएको चर्चा गर्दै उनले वित्तमा सीमित पहुँच, खण्डित भूमि स्वामित्व र पुरानो प्रविधि जस्ता विषयले नेपालले कृषिबाट आशातित सफलता हासिल गर्न नसकेको धारणा राखे ।

उनले वित्तीय समावेशीकरण मात्र पर्याप्त नभएको तर्क गर्दै कृषि मूल्य शृङ्खला सुधार गर्ने, किसानलाई बजारसँग जोड्ने र साना तथा मझौला कृषि व्यवसायका लागि पुँजीमा पहुँच सुनिश्चित गर्न फराकिलो दृष्टिकोणको आवश्यकता रहेको जनाए । साथै, ग्रामीण उद्यमशीलताको विकासका लागि कृषि र ग्रामीण पूर्वाधारमा लगानी बढाउन आवश्यक भएको उनको भनाइ थियो । उनले आफूले व्यक्तिगत रुपमा पनि रेमिट्यान्सलाई औपचारिकीकरण गर्ने र ग्रामीण क्षेत्रहरूमा वित्तीय सेवाहरू विस्तार गर्ने, किसान, महिला उद्यमी र साना व्यवसायहरूलाई सशक्त बनाउने काम गरिरहेको बताए ।

उनले नेपालको आर्थिक परिदृश्यलाई रूपान्तरण गर्ने परियोजना र कम्पनीमा लगानी गर्ने लक्ष्यका साथ महासङ्घको अगुवाइमा नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड कम्पनी स्थापना गरी कामहरू अगाडि बढाइएको जानकारी दिए । नेपालको कृषि तथा अन्य विकास परियोजनामा विकास साझेदारहरूको सहयोग प्रति आभार व्यक्त गर्दै अध्यक्ष ढकालले समृद्ध अर्थतन्त्र निर्माणका लागि सरकार विसकास साझेदार र निजी क्षेत्रको सहकार्यमा जोड दिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register